fbpx

कांग्रेस – कार्यकर्ताका सात ‘खराबी’


Share This

नेपालबहस संवाददाता    

सन्दर्भ : कांग्रेस महासमिति बैठक :- बीपीबाट कांग्रेसका कार्यकर्ताहरूका नाममा प्रेषित कालजयी –पत्र (२०१५) 

नेताहरुको चरित्र र सामन्ती व्यवहारकै कारण आज इतिहासको संगीनमोडमा पुगेको कांग्रेसको चिरप्रतिक्षित महासमिति बैठक शुरु भएको छ । कम्युनिष्टहरुले दुईतिहाई बहुमतको सरकार गठन गर्दा सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी कांग्रेस आज दुरुह प्रतिपक्षको भूमिकामा पुगेको छ । बीपी विचार त्यागेर कांग्रेस नेतृत्वले आफ्नो वैचारिक धरातल बिर्सेको आरोप कार्यकर्ता पंङ्तिबाटै लाग्ने गरेको छ । यस्ता बैठकले तय गर्ने नीति र दृष्टिकोणले पार्टी एवं मुलुकका लागि दुरगामी महत्व राख्ने गर्दछ । बीपी कोईरालाले २०१५ सालमा आफ्ना कार्यकर्ताहरुलाई लेखेको भावुक पत्र बैठकमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुक सबैका लागि  ऐतिहासिक दस्तावेजका रूपमा सान्दर्भिक हुने ठानेर वरिष्ठ पत्रकार चन्द्रमणि गौतमको निजी संग्रहबाट लिएका हौ ।

बिश्वेश्वरप्रसाद कोइराला

प्रिय साथी,
तपाई साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्नगएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो सङ्कटबाट गुज्रँदै छ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभएपनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ ।

तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ । पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन् । हाम्रो पार्टी पनि त्यस्तै नै हो । नेपाली काङ्ग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधी आफैँ क्रमशः हट्दै जानेछन् । र, यो देश कालान्तरमा विश्वका अरू देशसरह व्यवस्थित र उन्नतशील भएर जानेछ ।

तपाई साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ । मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु । तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाई साथीहरूको कामबाट नै सन्तोष छ । यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन । त्यसो हुनाले तपाईहरूको सोही मैत्री र सद्भावको कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु । र, मलाई आशा छ, यसमाथि तपाईहरूले अवश्य पनि गम्भीर विचारकासाथ मनन गर्नुहुनेछ ।

यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम परेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमङ्गमा हामीले यस महत्वपूर्ण कुरालाई बिस्यौं र अझै त्यही गल्ती गर्दैछौं ।

नेपाली काङ्ग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु । यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नुछ ? हामी सबैलाई यसको स्पष्टवोध नभए जस्तो छ । यसबारे मैले केही विचार गरेँ । मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताकासाथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली काङ्ग्रेसका क्रान्तिकारी साथीहरू अझैं त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन् । अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुनगएका त्यस व्यक्ति वा संस्थाको के कुरा ।

र याे पनि पढ्नुहाेस्….

कांग्रेस महासमिति बैठकः स्वागत र नाम दर्ता सानेपामा

तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम परेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमङ्गमा हामीले यस महत्वपूर्ण कुरालाई बिस्यौं र अझै त्यही गल्ती गर्दैछौं । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविकता भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए । यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदैगयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन् । तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु—

१. सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना ग¥यो । अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन । तर अनेक कारणले त्यसो हुन सकेन । फलस्वरुप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुनगएको छ । यसलाई हामीले हटाउनु परेको छ ।

२. हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छाँयामात्र हुन जान्छन् । यसलाई हामीले हटाउनु परेको छ ।

र याे पनि पढ्नुहाेस्….

पञ्चायतका समस्त बैगुन, के कांग्रेस ! के कम्युनिस्ट ! सबै पार्टीमा सर्लक्कै सरुवा भए ?

३. हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्ववोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन ।

४. यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं । र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो ।

५. हाम्रा साथीहरूको पाँचौं खराबी के छ भने हामी आफूलाई अर्कै तहको तथा पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं । जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तरपनि आज देखिन थालेको छ ।

६. हाम्रो छैठौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ । हामी त्यसो गर्दैनौं । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनु परेको छ ।

७. अब म तपाईहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु । साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ । एउटा अर्काे थरिको भनाइ के छ भने नैतिकताविनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ ।

र याे पनि पढ्नुहाेस्….

कांग्रेसको राजनीतिक प्रस्ताव पारित, विधानको टुंगो लागेन !

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यसो हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार ग¥यौं, गैर–इमान्दार भएर काम ग¥यौं र आपसमा अविश्वास ग¥यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको सङ्घर्षमय शुष्क जीवनको सवल नै के रहन्छ र ? 

राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो । मेरो भनाईको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यसो हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार ग¥यौं, गैर–इमान्दार भएर काम ग¥यौं र आपसमा अविश्वास ग¥यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको सङ्घर्षमय शुष्क जीवनको सवल नै के रहन्छ र ? नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफूलाई एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।

यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईहरू नै हुनुहुन्छ भन्ने होइन । साँच्चै भनौं भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ । हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ । कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन ।

माथि नै मैले तपाईहरूलाई भनेको छु, ममाथिको तपाईको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हूँ । यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईहरू नै हुनुहुन्छ भन्ने होइन । साँच्चै भनौं भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ । हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ । कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन । यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ । यसलाई हामी सबै मिलेर हटाउनु छ । स्थिति अझै नसुध्र्रिने लायक भएको छैन ।

र याे पनि पढ्नुहाेस्….

कांग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

हामीहरूले अनेकपटक जीवनमरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवनमरणको युद्ध ग¥यौं । भविष्य अत्यन्त अनिश्चित भएपनि त्यस समयको हाम्रो कर्तब्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुनगएको छ । यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ । त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ । अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ । अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ ।

जय नेपाल !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार