fbpx

सत्तारुढ दलभित्र चर्किरहेको ‘महाभारत’


Share This

नेपालबहस संवाददाता    

शीर्ष नेताहरू सीआईएको जालमा परिसकेको कार्यकर्ताहरूको आरोप

कुसुम विश्वकर्मा / नेपालबहस डेक्स

ने.क.पा. का सहअध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले फेरि थाङ्नामा सुताइदिए । २९ मंसिरका दिन सार्वजनिक रुपमा प्रचण्डले घोषणा गरेका थिए, “अब केही दिनभित्रैमा हाम्रो पार्टीको पोलिटब्युरो गठन हुने पार्टी सचिवालयमा निर्णय भइसकेको छ ।”

गत बिहिबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीका सबभन्दा विश्वासिला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं नेकपा स्थायी समितिका सदस्य विष्णु रिमालले प्रचण्डलाई जवाफ दिए, “हाल यति धेरै पार्टी निकायहरू कार्यरत रहेको बेलामा थप निकाय गठन गर्नु थप जटिलता निम्त्याउनु मात्र हो ।”

विवादास्पद एशिया प्यासिफिक सम्मेलनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आयोजकजस्तै भएर संलग्न हुनाले पार्टी बदनाम भएको कुरा स्थायी समितिमा जोडदार रुपमा उठिरहेको छ । दोयम दर्जाका हंगामादार कार्यकर्ताहरू त “पिस फेडरेशन जस्तो सीआईएको डेस्कको कार्यक्रममा संलग्न हुनु नै सीआईएको जालमा फसेको प्रमाण हो” भन्नेसम्मको आरोप लगाइरहेका छन् ।

पार्टी विधानमा १४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने प्रावधान छ । यसैलाई समातेर अध्यक्ष ओलीका च्यालेन्जर नेताहरूले पोलिटब्युरो गठन गर्न दबाब दिइरहेका छन् । दुवै पार्टी अध्यक्षले स्थायी समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा यसबारे केही उल्लेख गरेका छैनन् ।

ओली बिरोधी नेताहरू स्थायी समितिको बैठकमा निकै खरो शब्दमा सरकारको काम गराईबारे टिप्पणी गरिरहेका छन् । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “कम्युनिस्ट सरकार बनेपछि दलाल, पूँजीवादी थरथर कामेको हुनुपथ्र्यो तर त्यस्तो भएन । बरू नेताहरूलाई नै तिनले प्रयोग गरे जस्तो देखिएको छ ।”

विवादास्पद एशिया प्यासिफिक सम्मेलनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आयोजकजस्तै भएर संलग्न हुनाले पार्टी बदनाम भएको कुरा स्थायी समितिमा जोडदार रुपमा उठिरहेको छ । दोयम दर्जाका हंगामादार कार्यकर्ताहरू त “पिस फेडरेशन जस्तो सीआईएको डेस्कको कार्यक्रममा संलग्न हुनु नै सीआईएको जालमा फसेको प्रमाण हो” भन्नेसम्मको आरोप लगाइरहेका छन् ।

बोल्ने क्रममा पार्टीका आदर्शवादी नेता र सँधै प्रचार र प्रपोगण्डाबाट प्रायः टाढा लो प्रोफाइलमा रहेर सक्रिय रहने भनिएका अमृतकुमार बोहराले भने, “नेताहरूमा विलासिता प्रदर्शन गर्ने, आलोचना फिटिक्कै सुन्न नसक्ने, आलोचनाभन्दा माथि हुन खोज्ने प्रवृत्ति हुर्किएको छ । माक्सवादी–लेनिनवादी विचारधारामा आस्था राख्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यही अनुरुप हुनुपर्छ । विलाशिता प्रदर्शन गर्ने जुन प्रवृत्ति बढेर आएको छ, यसको अन्त्य हुनुपर्छ ।”


उनी यतिबेला ‘आफु कति पिल्सिरहेको छु भन्ने कुरा कसलाई थाहा ?’ भन्ने खालका अभिव्यक्ति फुत्काउने गर्छन । पार्टीभित्रका असन्तुष्ट पक्षलाई भित्रभित्रै उचाल्नु उनको काम नै भएको एक पूर्व एमाले स्रोतले बतायो । पार्टीका सबैजसो मूर्धन्य नेताहरू ओलीबिरुद्ध उभिएका छन् ।


भ्रष्टाचार, महँगी बढेको, शीर्ष नेताहरु नै संदीग्ध गतिविधिमा संलग्न भएर पार्टीलाई बदनाम गराएको, मन्त्रीहरूले काम गर्न नसकेको, मन्त्रीमण्डलमा तुरुन्त हेरफेर गर्नुपर्ने जस्ता आवाज सबभन्दा चर्काे रुपमा उठ्यो, त्यो पनि केन्द्रिय नेताहरूबाटै ।

वक्ता नेताहरूमध्ये अध्यक्ष तथा प्रधानमन्त्री ओलीका बिरूद्ध सबभन्दा चर्काे भाषण वामदेव गौतमकै थियो । उनले १६ पेज लामो फरक मत राख्दै एक व्यक्ति एक पदको व्यवस्था लागु हुनुपर्ने र प्रधानमन्त्री ओलीसँग भएको अध्यक्ष पद प्रचण्डलाई सुम्पिनुपर्ने आवाज उठाए ।

पार्टीका सहअध्यक्ष प्रचण्ड नै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ब्यवहारबाट सन्तुष्ट छैनन् । उनी यतिबेला ‘आफु कति पिल्सिरहेको छु भन्ने कुरा कसलाई थाहा ?’ भन्ने खालका अभिव्यक्ति फुत्काउने गर्छन । पार्टीभित्रका असन्तुष्ट पक्षलाई भित्रभित्रै उचाल्नु उनको काम नै भएको एक पूर्व एमाले स्रोतले बतायो । पार्टीका सबैजसो मूर्धन्य नेताहरू ओलीबिरुद्ध उभिएका छन् ।

सरकारको कार्य सम्पादनको विषयलाई लिएर स्थायी समितिमा चर्को असन्तोष व्यक्त भयो । कम्युनिस्ट पार्टीभित्र यति चर्को प्रतिक्रिया उत्पन्न हुनुको अर्थ सो पार्टी निकट भविष्यमा नै फुट्ने खतरा हो ।

सत्तारुढ ने.क.पा. स्थायी कमिटी र नेपाली कांग्रेस महासमितिको बैठक एकैदिन २९ मंसिर शनिबार शुरू भएर सम्भवतः आईतबार (पुस ८) मा दुवै अध्यक्षले बैठकमा उठेका प्रश्न, आरोप र आपत्तीहरूलाई जवाफ दिएपछि यो बैठक बिसर्जन हुनसक्छ । पार्टी एकीकरणपछि बसेको स्थायी समितिको यो दोस्रो बैठक सरकारका बिरूद्धको चर्को रोष व्यक्त गर्ने थलोका रुपमा चिनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार