fbpx

‘देश अनुसारको भेष’ ! बाबुराम दौरा–सुरुवाल लगाएर कर्णाली प्रदेश प्रवेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाएका छन् ।

‘देश अनुसारको भेष ! जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो’, भन्दै भट्टराईले दौरा–सुरुवाल पोशाकका आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् ।

पत्नी हिसिला यमीसँगै त्यहाँका स्थानीयसँग खिचाएको तस्वीरमा बाबुराम निकै पृथक देखिएका छन् । पति दौरा–सुरुवालको पहिरनमा ठाटिएका भए पनि पत्नी यमी भने सामान्य पोशाकमै देखिन्छन् ।

देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत बाबुरामले उक्त पोशाक लगाएका थिएनन् ।

१० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । भट्टराईले दौरा–सुरुवाल पोशाकका आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गरेसंगै धेरैले आलोचना समेत गरेका छन् ।

उनकाे ट्वीटरमा पोष्ट भएका तस्विरमा मिलन नाम गरेका एक जनाले कमेन्ट ट्वीट गर्दै दौरा सुरुवात हटाउन केही सीप नलागे पछि अहिले चै देश अनुसार को भेष भयो ?येस्तै कालो राजनीति र कालो कर्तुत ले पछि पारेको हो। लेखेका छन् ।

यस्तै ट्वीटरमा SU दर्शन नाम गरेका व्यक्तिले आज आएर दौरासुरूवाल चिज लाग्यो कामरेड । उबेला यही पोशाकलाई के गरिएको थियो रु सम्झनुस् त। लेखेका छन् । अरु क कसले के के भने त हेर्नुस:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार