fbpx

यता दाल भात तरकारीको प्रमोसन चलिरहदा यस्तो छ निरुताको फेसबुक स्टाटस



नेपालबहस संवाददाता
 




काठमाडौं । मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ । टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ।

तर मोफसल यात्रामा चल चित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि बिरामी उनि मुम्बईमा उपचाररत छिन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै चलचित्रलाई धेरै सम्झिरहेको बताएकी छन्।

प्रचार– प्रसारमा उपस्थित हुन नपाउँदाको पल आफूले जीवनमै सबैभन्दा धेरै सम्झिरहेको पल रहेको निरुताले बताएकी छन् । साथै उनले आफू बिरामी रहेको र चाँडै निको भएर प्रचार–प्रसारमा सामेल हुने विश्वास व्यक्त गरेकी छन् ।

लामो समय पछि नेपाली चल चित्रमा फर्किएकी निरुता नेपालमा रहँदा रुघा खोकी लागिरहने र औषधिले पनि काम नगरेपछि मुम्बई फर्किएकी थिइन्। मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए। सुदन केसीको निर्देशनमा बनेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

यस्तो छ निरुताको फेसबुक स्टाटस :

मलाई आज कसैले सोधे “तिमीले जीवनमा सबैभन्दा धेरै मिस गरेको पल कुन हो रु” भनेर । मेरो जवाब हुनेछ “ दाल भात तरकारी को प्रचार प्रसार पल”‘ म बिरामी भएको कारण ले गर्दा हाम्रो चलचित्र “दाल भात तरकारी” को प्रचार प्रसार कार्यक्रम मा सामील हुन सकिन ‘तर मलाई विश्वाश छ कि म चाड़ो भन्दा चाड़ो निको भएर यो प्रचार प्रसार कार्यक्रम मा सामील हुनेछु भनेर‘ जय दर्शक,जय नेपाली चलचित्र, जय दाल भात तरकारी,प्रदर्शन हुने दिन “वैशाख २० गते


सम्बन्धित समाचार