राष्ट्रकविको घिमिरेको स्वास्थ्यमा सुधार


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, २६ जेठ राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उहाँका छोरा इन्दिवर घिमिरेले जानकारी दिनुभयो ।

गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्कनुभएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो ।

“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ।” छोरा इन्दीवरले भन्नुभयो, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन् ।”

यसअघि उहाँलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिनदेखि उहाँको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो ।

उहाँको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ ९हाइकेयर युनिट०मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ ।

छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताउनुभयो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ हुनुभएको थियो । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनुभएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो ।

राष्ट्रकवि घिमिरेको साथमा उहाँका कान्छा छोरा राजीव घिमिरे जानुभएको छ । ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ हुनुभएको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार