गर्मिमा तौल घटाउन चाहानु हुन्छ ? गर्नुस ५ काम


Share This


नेपालबहस संवाददाता    39 Views

काठमाडौं । तपाई आफ्नौ तौल घटाउन चाहनुहुन्छ तर जे उपाय अपनाउँदा पनि केहि फाइदा हुन सकेको छैन भने गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ ।

१० दहीः गर्मीको महिनामा दहीको प्रयोग गर्नाले तपाइको लागि धेरैनै फाइदा पुग्नेछ । दहीले तपाईलाई पोषण प्रदान गर्नुको साथै शरीरमा गर्मी बढ्न पनि दिँदैन । यसले तपाईको तौल पनि घटाउन मद्धत गर्छ । दहीले तपाइलाइ भोको महसुुस गराउँदैन जसले अन्य धेरै खान पनि रोक्छ ।

२० मोहिः दहीबाटै बन्ने माहीको प्रयोग पनि तपाइको लागि निकै लाभदायक हुन्छ । यसलाइ पानीको रुपमा प्रयोग गरेर होस वा तरकारीमा मिसाएर खानाले तपाईको शरीरमा बोसोलाई नियन्त्रण गर्न र दुव्लो बनाउनमा मद्धत गर्छ ।

३० व्यायम वा हिँड्नुः गर्मी महिनामा जतिसक्यो पैदल हिँड्दा तौल सजिलै घट्न सक्छ । गर्मी महिनामा पसिना धेरै आउने हुनाले बोसो पग्लिन्छ । यसको साथै व्यायमले पनि तपाइलाइ छरितो शरीर दिन मद्धत गर्छ ।

४० लौकाः गर्मी महिनामा लौका ,घिरौंला जस्ता तरकारी हल्का र फाइदामुलक हुन्छन् । लौकाको जुसले पनि तपाइको तौल घटाउन मद्धत गर्छ । यसले तपाईको तौल नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया पनि निकै राम्रो बनाउँछ ।

५० कागतिः गर्मि महिनामा कागती पानीको प्रयोग निकै हुने गर्छ । यसले शरीरमा उर्जा दिनुको साथै शरीरमा पानीको मात्रा बनाइराख्न र तौल घटाउने काममा लाभदायक हुन्छ ।

तपाईको प्रतिक्रिया