यसरी तयार पार्नुहोस म्याङ्गो फ्रुटी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दुईवटा पाकेको र एउटा काँचो आँप लिने । उक्त आँपको बोक्रा ताछेर टुक्रा पार्ने । एक लिटर जुस बनाउन एक लिटर पानी लिने र त्यसमा हाल्न १ सय ग्राम चिनी तयार राख्ने । ताछेर कोया निकालिएको आँपको टुक्रालाई प्रेसर कुकरमा हाली एक चिया गिलास पानी मिसाउने अनि ४–५ सिट्ठी लागुन्जेल पकाउने ।

१ सय ग्राम चिनी एक चिया गिलास पानीमा हालेर अर्को भाँडोमा पकाउने । चिनी पानीमा राम्रोसँग नघुलुन्जेल पकाउनुपर्छ । धेरै नपकाई त्यसलाई सेलाउन दिने । आँप पकाएको प्रेसर कुकरलाई पनि आफैं सेलाउन दिने ।

सेलाएपछि पकाइएको आँपलाई ब्लेन्डिङ जारमा हालेर ब्लेन्ड गर्ने । ब्लेन्ड गरिएको आँपमा सेलाएको चिनी पानी हाल्ने, केही आइस क्युब मिसाएर फेरि ब्लेन्ड गर्ने ।

यो आँपको प्युरी बाक्लो भए बाँकी रहेको चिनी पानीको घोल हाल्ने अनि बाँकी रहेको चिसो पानी मिसाई चलाउने । यसरी तयार पारिएको घोल १–२ घण्टा फ्रिजमा राख्ने अनि जुस ग्लासमा आइस क्युबका साथ सर्भ गर्ने ।

तपाईको प्रतिक्रिया
Road Show Real State