कागती बदाम सबैभन्दा पौष्टिक खानेकुरा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । खानेकुरा कुन होला ? यसको सहज जवाफ हुन सक्छ, शरीरका लागि आवश्यक दैनिक पोषण ठिक्क मात्रामा आपूर्ति हुर्ने खानेकुरा तर संसारमा यस्तो खाना पाइन असम्भव छ ।

यसैले महत्वपूर्ण पक्ष भनेको उच्च पौष्टिक खानाहरूको सन्तुलन नै हो । वैज्ञानिकहरूले एक हजारभन्दा बढी खानाको अध्ययन अनुसन्धान गरेर प्रत्येक खानालाई पौष्टिकताको अङ्क दिएका छन् ।

बढी अङ्क प्राप्त हुने खाना बढी पौष्टिक मानिएका छन्, जुन अन्य खानाहरूसँग मिलाएर खाँदा शरीरलाई दैनिक आवश्यकभन्दा बढी पौष्टिकता उपलब्ध नहोस् ।

बीबीसीका अनुसार वैज्ञानिकहरूले यस्ता सय खाद्यपदार्थको नाम तथा पौष्टिकताको सूचकाङ्क सार्वजनिक गरेका छन्, जसलाई आदर्श खानेकुराका रूपमा लिन सकिन्छ ।

यस सूचीमा सखरखण्ड, अदुवा, फर्सी, ब्रोकाउली, काउली, गाँजर पर्छन् । यस्तै अनार, सुन्तला, रेन्बो ट्राउट, हरियो सिमी, रातो गोलभेँडा, हरियो गोलभेँडा, केरा, ओखर आदि फलफूल, हरिया तरकारी तथा माछालाई पनि यो सूचीमा समावेश गरिएको छ ।

धनियाँ, तोरीको साग, खुर्सानीको धूलो, हरियो मटर, हरियो प्याज पनि आदर्श खानाका रूपमा अग्रपंक्तिमा छन् । वैज्ञानिकहरूले आदर्शको खानेकुराको सूचीमा कागती बदामलाई पहिलो नम्बरमा राखेका छन्, जसले ९७ पौष्टिक सूचकाङ्क पाएको छ भने यस्तै सिताफल ९६ सूचकाङ्कसहित दोस्रो सबैभन्दा पौष्टिक खानेकुराका रूपमा रहेको छ ।

यसपछिका खानेकुरामा क्रमशः चेप्टो माछा, फर्सीको बियाँ, स्वीस सलाद साग, बङ्गुरको बोसो, सलगमको सागजस्ता खानेकुरा शीर्ष १० आदर्श खानेकुरामा परेको छ ।

बङ्गुरको बोसोलाई भिटामिन ‘बी’ र विभिन्न खनिजहरूको राम्रो स्रोतका रूपमा लिइएको छ । साथै यसमा भेडाको मासुको तुलनामा बढी स्वस्थकर तथा हानिकारक बोसो कम भएको औँल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार