fbpx

देशभरी चिसो बढ्यो, काठमाडौंमा पानी पर्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सोमबार उपत्यकासहित देशका पहाडी भूभागमा मौसमी बदली सहित पानी पर्न थालेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभरी नै चिसो बढेको छ ।

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको छ ।

हिउँदे वर्षका कारण आज विहान हवाइ उडान समेत प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । पानी परेसँगै जनजीवन प्रभावित बनेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।

हुम्लामा हिउँले ढपक्कै ढाकेको सिमकोट बजार । हुम्लामा गत शनिवार देखि परेको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । तस्वीर : दाने बोहरा, हुम्ला
हुम्लामा हिमपात हुनुको साथै यहाँ चिसो अत्याधिक रुपमा बढेको छ । हिमपातमा र चिसोमा पनि एसईई परिक्षाको तयारीका लागि विहान पढ्न जान लागेका बिद्यार्थी । दाने बोहरा, हुम्ला
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार