वर्तमान सरकार अधिनायकवाद तर्फ लम्कदै


Share This


नेपालबहस संवाददाता    77 Views

दिपा आले
काठमाडौं । नयां सरकार बनेको चार महिना नपुग्दै पांच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ।शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैछ।

किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको वेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावाबोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन्, तर सत्तामा बसेर रजाई गरेका वर्तमान सरकारले भने दुई तिहाईको दम्भमा गरिब जनताको पसिना मात्र होइन रगत चुस्नथालेको भान हुंदैछ।

इन्धनको मूल्य हप्तै पिच्छे बढ्दैछ त्यसको साथसाथै दैनिक उपभोग्य वस्तुहरुको मूल्य पनि दिनदिनै बढ्दैछ, जसले गर्दा अध्ययनरत विद्यार्थीहरु मात्र होइन सर्वसाधारण जनताहरुको रोजीरोटीमा समेत धक्का पुग्न थालेको छ ।

तर सरकार भने कानमा तेल हारेर मौन ब्रतमा बसेका छन् । लाग्छ यस्तो अवस्थासिर्जना भईरहदा सत्ताधारीहरुको शक्ति र भक्तिको खेल कडा छ । किन कि यतिबेला उनीहरुकै हातमा डाडुपन्यू छ जसले गर्दा आज गरिब जनताहरु आफ्नोरोजीरोटी र जिविकोपार्जनकोलागि आन्दोलनमा हुमिनु शिवाय अर्को विकल्प छैन।

सत्ताधारीहरुलाई जनताको जनजिविका भन्दा आफ्नो बढी चिन्ता देखिन्छ।आफू र आफ्नो पार्टीलाई कसरी बचाउन सकिन्छ भन्ने सोंचमा ग्रस्त रहेका सत्तासीन शासकहरु भोको भेट आन्दोलनमा उत्र्रिएका गरिब जनताका छोराछोरीहरुको भविष्यप्रति कुनै दिलचस्पी देखिदैनन् जसले गर्दा आफै मुढेबल प्रयोग गरेर सत्ताको भरमा शक्ति लगाएर जनताका छोराछोरीलाई यति बेला कोरा हान्ने काम भइरहेको छ तर उनीहरुको समस्यालाई समाधान गर्ने पक्षमा कदापि छैनन् ।

जनताको सेवाकालागि भनेर सत्तामा पुगेका नेताहरु वर्तमान परिवेशमा आइपुग्दा समस्यालाई समाधान गर्न तिर भन्दा कुर्चिमा बसेर रिमोट चलाउने काम मात्र भईरहेको छ।जनता सडकमा आन्दोलन गरेर छटपटि रहदा सरकार भने कुर्चिमा बसेर मृल्य वृद्धिलाई फिर्ता नलिने घोषणा गरेका छन्।

के यही हो त विधिको शासन भएको देश रु लाग्दैछ देशमा अब लोकतन्त्र प्रति प्रहार हुंदैछ।लोकतन्त्रमा प्रहार हुनु भनेको जनताको सावभौमसत्ता खोसिनु जस्तै हो।किन कि विगतका दिनहरुमा पनि मूल्य वृद्धि नभएका होइनन् तर विद्यार्थीहरु सडकमा आई आन्दोलन गरेपछि त्यसलाई समाधान गरेका थिए।तर यति बेला भने जनताका छोराछोरी तातो घाम र सरकारका हुनुमानहरुबाट कुटाई र हिंसा खेप्न बाध्य छन् तर त्यसलाई समाधान गर्ने बाटो तिर भने लगिएको छैन आफ्नै मुढेबलमा जवाफदिने काम मात्र भएको छ।

विगतका दिनमा मूल्य वृद्धि हुंदा प्रतिपक्षमा बसेका दलहरुले आंखाकान नदेख्नेगरी त्यति बेलाका सरकारलाई भन्नु नबन्नु अबशब्द बोलेर आफ्ना आनीबानी देखाएका थिए तर यति बेला भने त्यही प्रतिपक्षमा बसेका दलका नेताहरु आफै सत्तामा छन् तर जनताको हितकोलागि होइन आफ्नो पार्टी हितकोलागि मृल्य वृद्धि बढवा दिईरहेको छ।सत्तामा आफै बस्ने तर जनताको दुःखलाई नदेख्ने ति सत्ताधारीहरु कुर्चिलाई गलत ढंगले प्रयोग गरेर आज प्रेस माथि समेतदमनकारी हस्तक्षेप गरी आफ्नो बाम औकात देखाउदै छन्।

खबरदार १लोकतन्त्रमा सत्ताको रजाईमा जनताको मूल्य र मान्यता अनि अस्त्तिवमाथि खेलवाड गर्दछ भने त्यसको प्रतिकार पक्कै पनि जनताले गर्नेछ।लोकतन्त्रलाई बचाउन नेपाली जनताले कुनै पनि हालतमा पछि पर्ने छैन्।जब जब देशमा लोकतन्त्रको घांटी निमुटने काम गर्न थाल्छन् तबतब नेपाली जनतालोकतन्त्रलाई बचाउन जस्तो सुकै बलिदान दिन पनि पछि पदैनन् । त्यस कारण सत्ता र शक्तिको भरमा कुनै पनि दल वा शासकले अन्याय अत्याचार गर्न पाउने अधिकार छैन।सत्तामा पुराउन जनताले कति दुःख गरे भन्ने कुरा सधैं याद राख्नु पर्छ।

इन्धन मुल्य वृद्धिलाई जति सक्दो घटाएर विद्यार्थीको सुन्दर भविष्य बनाउन तर्फ वर्तमान सरकार लाग्नु पर्छ। होइन भने ति गरिब जनताका छोराछोरीहरुले आफ्नो हकअधिकारकोलागि सडकमा आज आन्दोलन र रांको मात्र बालेका छन्,भोलीको दिन त्यो आन्दोलनले ठूलो विकराल रुप लिन सक्छ ।त्यो अवस्थामा भएको क्षतिपूर्तिको जिम्मा कसले लिने हो यस बारेमा सत्ताधारीहरुले गम्भीर भएर सोच्नु पर्छ।

जनताका सन्तान पनि मेरै सन्तान हो भनेर बुझ्न सक्ने हृदय बनाएर जान सक्नु पर्छ किन कि सत्ताधारी भनेकै जनताको लागि काम गर्न त्यो ठाउंमा पुगेको हो। हिजो आफू कुन ठाउंमा थिए भन्ने कुरा आजका मै हुं भन्ने शासकवर्गहरुले बिर्सिनु हुंदैन किन कि सत्तामा पुराएका जनताले तपाईहरुको गतिविधिलाई नजिकबाट मूल्यांकन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया