ने क पा नेताहरु डुबेपछि तातोपानी कुण्डमा भीड बढ्यो

गलेश्वर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू बरदान सावित भएका छन् । कात्तिक अन्तिमसाता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किएपछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरूबाट आक्रान्त व्यक्तिहरूका लागि यहाँका तातोपानी कुण्डहरू लाभदायी भएका हुन् । थप पढ्नुहोस्

साइकल मार्ग बन्दै रारा तालमा

रारा । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । थप पढ्नुहोस्

संरक्षणको अभावले देउराली गुफा ओझेलमा

रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो ।  सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ । वरपर डाँडैडाँडाले घेरिएको गुफाको अगाडिबाट सुसाउँदै सानीभेरी नदी बगिरहेको छ । गुफाभित्र रहेका सबै कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिहरुले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । थप पढ्नुहोस्

ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

परासी । अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सो तालको पुनःजीवन र संरक्षणमा चासो देखाएको छ । थप पढ्नुहोस्

काठमाडौंदेखि जनकपुरसम्म १५० यात्री साइकलमा सरर…

राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा काठमाडौं । समृद्ध सिन्धुली अभियानले यस बर्ष गर्ने राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन हुने आयोजकले जनाएकोछ । यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो । थप पढ्नुहोस्

जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । थप पढ्नुहोस्

कोरिया जानेलाई खुशीको खबर, अब १० बर्षे भिसा पाइने !

काठमाडौं । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ ।  यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । थप पढ्नुहोस्

जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै

दाङ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकरी दिए । साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको छ । त्यस वरपर वनजङ्गल रहेको छ । सो तालको गहिराइ ६ फिट छ । थप पढ्नुहोस्

पर्यटन बोर्डलाई सर्राफले दिए ८८ पाना लामो दस्तावेज

बीरगंज । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेसका पर्यटकिय सम्भावनाबारे ध्यानाकर्षण गराएका छन । मधेसको पर्यटन विकाश बिना नेपालको पर्यटनको विकाश सम्भव नरहेको भन्दै ८८ पृष्ठ लामो तराई पर्यटनबारेको दस्तावेज संयोजक सर्राफले हस्तान्तरण गरेका छन् । थप पढ्नुहोस्

महापुराण सुन्न अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् । विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएका छन् । थप पढ्नुहोस्
1 2 3 29