भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको केही दिनमा भारतमा मूल्य घटेको छ । भारत सरकार नियन्त्रित पेट्रोलियम बिक्रेता कम्पनीहरूले आज पेट्रोलमा प्रतिलिटर १३ पैसा मूल्य घटाएका छन् ।

डिजेलको मूल्यमा ९ पैसा कटौती गरिएको छ । अब दिल्लीमा पेट्रोल प्रतिलिटर ७७ दशमलव ८३ भारतीय रुपैयाँमा किन्न पाइने भएको छ भने डिजलको मूल्य ६८ दशमलव ८८ भारतीय रुपैयाँ कायम गरिएको छ ।

भारतमा स्थानीय करको दर अनुसार प्रान्तैपिच्छे पेट्रोल र डिजेलको मूल्य तोक्ने गरिएको छ । दिल्ली सस्तोमा तेल पाउने प्रान्तभित्र पर्छ ।

गत बुधबार इन्धनको मूल्यमा १ पैसाको कटौती गरिएपछि चर्किएको आलोचना र निन्दापछि अलि–अलि गरेर हालसम्म पेट्रोलमा ३९ पैसा र डिजेलमा २८ पैसा मूल्य घटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State