नेयमारले ब्राजिललाई मन्त्रमुग्ध बनाए, पूरा विश्वलाई चिढाए


Share This


नेपालबहस संवाददाता    85 Views

काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए ।

तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको ‘नाटक’ को बारेमा धेरैले चर्चा गरेका छन् ।

मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा बल खोस्ने क्रममा फरवार्डको खुट्टामा कुल्चिएपछि नेइमार भुईंमा लडिबुडी गर्न थाले । के के न भएजस्तो गरेर लडिबुडी गर्न थालेपछि खेल एकछिन रोकियो र मेडिकल टिम उनको सहयोगमा आयो । उनको खुट्टामा स्प्रे गरिएपछि उनी फेरि उठेर खेल्न थाले ।

यसलगत्तै सामाजिक सञ्जालमा उनको लडिबुडी अस्वभाविक भएको भन्दै विभिन्न ट्रोल भइरहेका छन् । विश्वभरका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले धेरै अभिनय गरेको भन्दै मजाक उडाएका छन् ।

आईटीभीका पन्डित मार्टिन ओनिलले खेलको अन्तिम सिठ्ठी बज्दै गर्दा कमेन्ट्री गरिरहेका थिए, ‘नेइमारको यो शैली दयनीय छ, साँच्चै नै दयनीय । मार्क सही छन्, यो रातो कार्ड नै हो तर नेइमारको पीडा सहने शक्ति साह्रै नै कम छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार