बालबिबाहमा नेपाल दक्षिण एशियाकै तेस्रो स्थानमा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं, १९ असार – बाल बिबाह उच्च रहेको मुलुक मध्ये नेपाल पनि अग्र पंत्तिमा रहेको छ । दक्षिण एशियामा रहेको नेपाल बांगलादेश र भारत पछि नेपाल तेस्रो स्थानमा पर्दछ । नेपाल सन २०१५ मा भएको बेलायतमा अन्तराष्टिय सम्मेलनमा २०२० भित्र बाल बिबाह अन्त गर्ने सार्थक प्रयास गर्ने र सन २०३० सम्ममा बाल बिबाह अन्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।

सो लक्ष्य प्राप्त गर्न सरकारले राष्टिय रणनिति तयार गरी कार्यान्वयनमा ल्याउन सकिएको अवस्था छैन । तर पछिको समय बिबाहको तथ्यांकलाई मध्य नजर गर्दा दिन प्रति दिन चुनौति पुर्ण देखिएको छ । हाल बाल बिबाह विरुद्ध जनचेतनामा बृद्धि भए पनि बालबालिकामा घटनामा बृद्धि हुन नसकेको तथ्य छ ।

बालकको संख्यामा तुलना गर्दा बालिकाको विवाह १८ वर्ष नपुग्दै भई रहेको देखिएको छ । यसो भएमा महिला भन्दा पुरुषको उमेर बढी हुनु पर्ने समाजिक, सांस्कृतिक एवं लैगिक अशिक्षा गरीबी असुरक्षा जस्ता मान्यता देखिएको छ ।

पछिल्लो ६ महिनाको तथ्यांब हेर्दा महिला हिंसा घटना अन्तर्गत करीब ५० जना बालबालिकाहरुको कम उमेरमा बिबाह भएको र जस मध्ये २६ जना बालबालिकाहरुले आफै प्रेम विवाह गरेको र बाकी २४ जना बालबालिकालाई बाल बिबाह गरी दिएको तथ्य फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार