नेकपाको सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपा को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको उनले जानकारी दिए ।सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ ।

स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिमरुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारी सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार