विपन्न सानुलाई १० हजार रकम उपचारमा सहयोग


Share This


नेपालबहस संवाददाता    

अर्जुनधारा । झापामा आर्थिकरुपमा विपन्न अर्जुनधारा–३ स्थित खुदुनाबारी निवासी सानु लिम्बूको उपचारका लागि सहयोग रकम जुटेको छ ।

अर्जुनधारा युथ क्लबले एपेन्डिसाइटिसको शल्यक्रिया गर्न उनलाई रु १० हजार सहयोग रकम आज उपलब्ध गराएको क्लबका सचिव विजय राईले बताए ।

हाल भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचाररत उहाँको केही दिनमा शल्यक्रिया हुने बिरामी सानुले बताए । सहयोग रकम प्राप्त भएपछि आफ्नो उपचार सम्भव हुने भएकामा उनले क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया