जापानमा भारी वर्षा : बाढीपहिरोमा परी १ सय ४१ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । जापानमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४१ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो ।

Residents try to upright a vehicle stuck in a flood-hit area in Kurashiki

सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र पारेको छ । अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेको बताइएको छ । प्रभावित क्षेत्रबाट २० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जापानको सरकारले जानकारी दिएको छ ।

An aerial view of flooded houses in Kurashiki

भारी वर्षपछि आएको विपत्तिको कारण जापानी प्रधानमन्त्री सिन्जो अवेको आफ्नो विदेश भ्रमण पनि स्थगित गरेका छन् । जापानको ओकायामालगायतका स्थानहरुमा वर्षाले निकै क्षति पुर्याएको छ ।

Man walks past a devastated street during floods in Saka

उद्धारकार्यमा ७० हजार सेना सहित उद्धारकर्मि खटिएका छन् । अबको केही दिनमा मौसम सफा हुने र उद्धारकार्य पनि सहज हुने अनुमान गरिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया