fbpx

डिप्रेसनमा सुन तस्कर ‘गोरे’ ! प्रहरीसँग असुरक्षित महशुस, मागे सेनाको सुरक्षा‘


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका ‘मास्टरमाइन्ड’ भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।प्रहरीसँग असुरक्षित महशुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ, कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ, केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो, उसले किन यस्तो भनिरहेको छ– थाहा भएन’– कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

डिप्रेसनमा ‘गोरे’

काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती ‘गोरे’ केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलीहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायासै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया