fbpx

बीरगञ्जका सुन तस्कर रामबाबु सिंह प्रकाउ !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एक किलो अवैध सुनका मालिक रामबाबु सिंह प्रकाउ परेका छन् । गत शुक्रबार सिंहलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाले प्रकाउ गरेको हो ।
बीरगञ्जबाट भारततर्फ लैजादै गरेको अवैध सुनसहित एक जना भरियालाई गत असार १५ गते पर्सा प्रहरीले प्रकाउ गरेको थियो । भारततर्फ तस्करी गर्न लाग्दा सो सुन इनरुवा प्रहरी चौकीले शंकरार्चाय गेट नजिकबाट प्रकाउ गरेको थियो ।

ना ४८ प ३७७४ नम्बरको मोटरसाइकल मार्फत रक्सौल लादै गर्दा सर्लाही हरिपुरका सन्तोषकुमार साह कलवारलाई प्रकाउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा अनुन्धानका लागि राखिएको थियो ।
नेपालबहस डटकमको विश्वस्त स्रोतबाट प्राप्त सूचनाअनुसार उक्त एक किलो सुनका मालिक बीरगञ्जका रामबाबु सिंह भूमिहार हुन भनि समाचार प्रकाशन गरे पछि राजश्व अनुसन्धानले थप कडाइका साथ अनुसन्धान जारी राखेको थियो ।

बीरगञ्जको लिकंरोडस्थित आफै घरको तल्लो तलामा श्रीराम मनि चेन्जरको भारु सटही काउन्टर र सोसंगै रहेको सुनचाँदी पसलका मालिक रामबाबु सिंह नै प्रकाउ पर्ने भरियाका मालिक रहेको नेपाल बहस डटकमले समाचार प्रकाशित गरेको थियो ।

उनै भरिया कलवारले सुनका मुख्य मालिक नै रामबाबु सिंह रहेको भनि बयान दिएपछि उक्त अवैध सुनका मालिक रामबाबु सिंह रहेको पुष्टि भएको हो । सिंहलाइ राजश्व अनुसन्धान कार्यालय पथलैयाको हिरासतमा राखी बयान लिने काम भइरहेको छ ।

यो पनि पढ्नुस

रामबाबु सिंह एक किलो सुनका मालिक रहेको खुलासा !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार