fbpx

नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता


Share This

नेपालबहस संवाददाता    

कानो, नाइजेरिया । बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा बाढीबाट ४९ जनाको मृत्यु, पाँच गाउँ प्रभावित आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ । आइतबार रातभरी आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले एएफपीलाई बताए ।

आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिए । बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए ।

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् । विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।
एजेन्सी

तपाईको प्रतिक्रिया