fbpx

अटो रिक्सा चालकको विरोध प्रदर्शनमा १० राउण्ड हवाइ फायर


Share This

नेपालबहस संवाददाता    

चितवन । भरतपुर महानगरपालिकाले राजमार्ग भित्र अटो रिक्सा चलाउन रोक लगाएपछि बुधबार अटो रिक्सा चालकहरुले विरोध प्रदर्शन गरेका छन् ।

चालकहरुले भरतपुर जिल्ला प्रशासन कार्यालय नजिक विरोध गरिरहेका बेला झडप हुदा गोली समेत चलेको प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारी विरोधका क्रममा नीजि मोटरसाइकलमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको र प्रदर्शनकारीमाभि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएको बताइएको छ ।

महानगरले साउन ५ गते शनिबारदेखि राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे गाडी चलाउन रोक लगाएउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा व्यवसायीहरुले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट निवेदन दिएका थिए । अदालतले सात गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

सात गते अदालतको आदेश महानगरको पक्षमा आएको भन्दै ८ गते मंगलबारबाट राजमार्गमा तीन पाङ्ग्रे रोएिका थिए । प्रर्दशनकारी उग्र भएर आडैको चौकीमा समेत आक्रमण गर्न थालेपछि १० राउण्ड हवाइ फायर र दर्जनौ अश्रु ग्यास प्रहार गरेको चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

घटनाका विषयमा बुझ्नै बाँकी रहेका कारण गोली लागेकोबारेमा जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया