fbpx

आज खग्रास चन्द्रग्रहण लाग्ने : पानी पर्न सक्ने मौसमविद्को अनुमान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मौसमविद् बरुण पौडेका अनुसार शुक्रबार राती लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट देखिने संभावना कम मात्र रहेको बताएका छन् ।

मौसमविद् पौडेलका अनुसार चन्द्र ग्रहणको बेलामा काठमाडौं उपत्यकासहित दिपायल, बिरेन्द्रनगर, धनकुटा र पोखराको मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

मौसम बदली भएपछि ग्रहण छोपिने भएकाले देख्न समस्या हुने उनले जानकारी दिए । आज राती १२ बजेर ९ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति २ बजेर ५८ मिनेटसम्म रहने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया