सामाजिक संजालकमा फोटो सेयर गर्दा ध्यान दिऊ : म्याकएफी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ग्लोबल साइबर सेक्युरिटी फर्म म्याकएफीले हालै गरेको एक सर्वेक्षणमा भारतीय मातापिताले आफ्ना बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा अत्यधिक शेयर गर्ने गरेको खुलासा गरेको छ ।

दी एज अफ कन्सेन्ट नामक सर्वेक्षणमा भनिएको छ, ‘भारतमा ४०।५ प्रतिशत मातापिता दिनदिनै आफ्नो बच्चाको कम्तीमा एक फोटो वा भिडियो सामाजिक सञ्जालमा शेयर गर्छन् जबकि ३६ प्रतिशत मातापिता हप्तामा एकचोटि यसो गर्छन् ।’

सर्वेक्षणका अनुुसार, ७६ प्रतिशत आमाबुवालाई सामाजिक सञ्जालमा बच्चाहरूका फोटो वा भिडियो हाल्दा त्यसको गलत प्रयोग हुनसक्ने बारेमा थाहा छ । तैपनि उनीहरू पोस्ट गर्न उत्सुक देखिन्छन् ।

कुल ६७ प्रतिशत मातापिताले स्कूल युनिफर्ममा बच्चाको फोटो सामाजिक सञ्जालमा शेयर गर्दा उनीहरूको निजतामा खतरा रहेको कबुले । यसबाट अपरिचित व्यक्तिले पनि बच्चाको जानकारी हासिल गर्न सक्छ ।

सर्वेक्षणमा ५५ प्रतिशत मातापिताले आफ्ना बच्चाहरूको तस्वीर प्राइभेट अकाउन्टमा शेयर गर्छन् भने ४२ प्रतिशत मातापिताले पब्लिक अकाउन्टमा शेयर गर्छन् ।

बच्चाबच्चीको फोटो पोस्ट गर्नुअघि मातापिताले लोकेसन अफ गर्ने सुनिश्चितता अपनाउनुपर्छ । घरबाट टाढा हुँदा त यसमा झन् बढी ध्यान दिनुपर्छ ।

यसबाहेक मातापिताले आफ्नो बच्चाको फोटो वा भिडियो आफूले चिन्ने मानिससँग मात्र शेयर गर्नुपर्छ ।
एजेन्सी

तपाईको प्रतिक्रिया