मिस टिन कलेज र कलेज हेन्डसमको ट्यालेन्ट सो सम्पन्न



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र कलेज हेन्डसमको आन्तरीक प्रतिभा आइतबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु देखाएका थिए । कलेज हेन्डसमका एक प्रतियोगीले भने नेपाली संस्कृति झल्कने लाखे नाच देखाएर मनोरन्जन प्रदान गराएका थिए ।

साथै केही प्रतियोगीहरुले वाध्यवादन कला प्रस्तुत गरेका थिए ।  उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, सिभिल सेभीङ फाइनान्सका सिनियर एकाउन्टेन तथा समाजसेवी एलीना तुलाधर, जुम्वा प्रशिक्षक सोनाम केसी , टिभिएस कंपनीका इभेन्ट भ्यानेजर सुदीक्षा अधिकारी र सिजन मिडियाका इभेन्ट डाइरेक्टर रेजीना तुलाधर रहनु भएको थियो ।

यस कार्यक्रमको फाइनल यहि भाद्र २८ विहिवार राष्ट्रिय नाचघर जमलमा सम्पर्न हुने आयोजकले जनाएको छ । । उक्त प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथै दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडीयो तथा मोडलिङ विधामा सहयोग र अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन ।

यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाले जानकारी दिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार