न्यायिक समितिका मुद्दा मेलमिलापबाटै समाधान


Share This

नेपालबहस संवाददाता    

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ ।उक्त समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको हिजोआयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त समितिले सहज न्याय र मेलमिलाप नीतिलाई सरल बनाउन अब प्रत्येक वडामा छिट्टै मेलमिलापकर्ता समेत राख्ने तयारी गरिएको उक्त समितिका संयोजक माया शर्माले बताए ।

‘‘हामीले न्यायलाई सरल र मेलमिलाप नीतिलाई सहज बनाउन इजलास निर्माणदेखि १९ वडाका अध्यक्ष र सचिवलाई तालीम दिएका छौं, अब स्थानीयस्तरमै मेलमिलाप गराउन केही दिनमै सहजकर्ता राख्ने तयारीमा छौं”, उनले भने ।

न्यायिक समितिमा हालसम्म आएका १०१ विवादमा ४३ वटामा मेलमिलाप गरिएको समितिले जनाएको छ । समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घरबहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका उजुरी परेका थिए ।

गत आवमा ३५ र यस आर्थिक वर्षमा आठ विवादका मुद्दा मिलापत्रबाट फछर्योट गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार