मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला, स्याङ्जा १ मा चर्तीमगर विजयी


Share This

नेपालबहस संवाददाता    

२६ मंसिर, काठमाडौं । निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा (माओवादी केन्द्र)का मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुुनुुभएका उनलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी भएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उनको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताए । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरे ।

सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो ।

मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसकेका छन्।

स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी भएका हुन् । त्यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ ।

विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गरे । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार