हावा हुरीले स्कुलमा क्षति, बालबालिकालाई पढाइमा समस्या


Share This

नेपालबहस संवाददाता    

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका वडा न ९ घाटगाउँ रहेको मा रहेको श्री वीरगौडा आधारभुत विद्यालयमा पनि  गएरातिको हावा हुरीले स्कुलमा क्षति पुगेको छ । बेस्सरी आएको हावाहुरीका कारण २५ लाख सम्मको क्षति भएको विद्यालयका शिक्षक भिम बहादुर बि क ले बताए ।

वि स २०४८ सालमा स्थापना भएको उक्त स्कुलमा कक्षा १ देखि ८ सम्म पढाई हुदै आइरएको छ । अधिकांश दलित समुदाय बालबालिका अध्यनरत उक्त स्कुलमा १२ वटा कक्षा कोठा छन् भने करिव २ सय ५० विद्यार्थी संख्या रहेको छ ।

विद्यालयका प्रधानध्यापक गणेश प्रसाद न्यौपानेका अनुसार १२ वटा कक्षा कोठा रहेकोमा ७ वटामा क्षति भएको छ । यस विषयमा जेठ १ गते नै अभिभावक वि ब्य समितअध्यक्ष कालू सिह बि क लगाएतका संग बैठक बसि चाडै मर्मतको काम गरिने न्योपानेले बताए । हावाहुरीका कारण भबनको छाना र प्रखालमा क्षति भएकाले बालबालिकालाई पठन पाठनमा समस्या भएको छ।

यस्तै बर्दिया जिल्लामा पनि गएरातिको हावाहुरीले सयौ घरको छाना उडाएको छ, आधा दर्जन मानीस र केही पशुपन्छी घाईते भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State