आफ्नै छायाँबाट तर्सन्छन् ओली-प्रचण्ड
इन्द्र रिजाल
भदौ ३०, २०७६ सोमबार २०:३३:२८
३० भदौ, काठमाडौं । देशमा अहिले उच्चकोटीको राजनीतिक प्रणालीको अभ्यास भइरहेको छ । अर्थात, हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं । संसारमा यसैलाई पछिल्लो लोकप्रिय राजनीतिक प्रणालीका रुपमा स्वीकारिएको छ ।
यही प्रणाली अन्तर्गत नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टीले शासनसत्ता चलाइरहेको छ । त्यसको मूल जिम्मेवारीमा नेकपा अध्यक्ष खड्गप्रसाद ओली छन् । उनी देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री पदमा आसिन छन् । उनलाई सघाउने काम अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गर्दैछन् । एक किसिमले भन्ने हो भने ओली प्रचण्ड नै अहिले नेपाल र नेपालीका भाग्यविधाता बनेका छन् ।
लोकतान्त्रिक गणतन्त्र विरुद्ध जागरुक हुन उनले सुझाएका छन् । यो लोकतन्त्र भनेको उनी र उनका अरिंगालको समर्थन गर्नेका लागि मात्र हो ? ओली र उनका मतियारले गरेका गलत कामको विरोध गर्ने जति सबै गणतन्त्र विरोधी भएको बुझाई छ । जबकी लोकतान्त्रिक गणतन्त्रमा कुनै खतरा छ भने त्यो ओली–प्रचण्ड र उनका अरिंगालबाट मात्रै छ ।
तर, उनीहरु आफ्नो दायित्व निर्वाहमा कत्तिको सफल छन् त भन्ने प्रश्न चाहिं गर्ने बेला आएको छ । यस्तो प्रश्न गर्ने हो भने निराशा मात्रै फेला पर्छ । नेपाल र नेपाली जनताको सर्वाेत्तम हित गर्ने दायित्व पाएका दुबै नेता सबैभन्दा असफल र गैर जिम्मेवार छन् । जनताको आशा र भरोसालाई यिनीहरुले व्यक्तिगत र गुटगत स्वार्थको भकारी बनाएका छन् । दुई तिहाई समर्थनका साथ सरकारमा आएको झण्डै दुई वर्षको अवधिमा जनताको मन जित्ने एउटै काम गर्न सकेनन् । त्यसको दोष अरुका थाप्लोका हाल्न भने अहिले तम्सिएका छन् ।
‘नाँच्न जान्दैन आँगन टेढो’ भने जस्तो ओली–प्रचण्डको जोडी अहिले पुनर्उत्थानवादीले काम गर्न नदिएको रोइलो गर्दैछन् । आज नै नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा प्रचण्ड भन्दै थिए :– परिवर्तन विरोधीका विरुद्ध अरिंगाल जस्तो जाइ लागौं । युवा नेता कार्यकर्तालाई उनी उक्साउने शैलीमा भन्दै थिए :– परिवर्तनका विरुद्ध षडयन्त्र हुँदै छ, प्रतिकारमा युवा जमात उत्रनु प¥यो । तर कस्तो षडयन्त्र कस्ले गरिरहेको छ भनेर चाहिँ उनले केही बताएका छैनन् ।
हिजो बैलगाढा चढेर गणतन्त्र आउँदैन भन्ने ओली आज महान गणतन्त्रवादी भएका छन् । त्यस्तै हिजो चाकरसँग हैन सोझै मालिकसँग मात्र वार्ता गर्छु भन्ने प्रचण्ड पनि आज सच्चा लोकन्त्रवादी बनेका छन् । ओली–प्रचण्ड आफैं लोकतान्त्रिक गणतन्त्र पक्षधर होइनन् । यिनीहरु त जनताले बलिदान दिएर प्राप्त लोकतन्त्रको दोहन गर्ने पात्र मात्र हुन् । एकपटक जनता झुक्किए, त्यसको मतलव सधैं यिनीहरुकै अनकण्टक शासन रहन्छ भन्ने होइन । त्यसैले आउने निर्वाचनमा जनताबाट धोवी चुटाई पाइने त्रासले अहिलेदेखि नै यस्तो रोइलो सुरु भएको छ ।
लोकतान्त्रिक गणतन्त्र विरुद्ध जागरुक हुन उनले सुझाएका छन् । यो लोकतन्त्र भनेको उनी र उनका अरिंगालको समर्थन गर्नेका लागि मात्र हो ? ओली र उनका मतियारले गरेका गलत कामको विरोध गर्ने जति सबै गणतन्त्र विरोधी भएको बुझाई छ । जबकी लोकतान्त्रिक गणतन्त्रमा कुनै खतरा छ भने त्यो ओली–प्रचण्ड र उनका अरिंगालबाट मात्रै छ ।
आफ्नै छायाँबाट ओली–प्रचण्ड तर्सिरहेका छन् । किनभने जनता समक्ष गरेका वाचा पूरा गरेका छैनन् यिनीहरुले । यो विषय उठाउने वित्तिकै ओली प्रचण्डको सात्तोपुत्लो जान थाल्छ । अनि जनताको ध्यान अयन्त्रै तान्न लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढेको रोइलो गर्ने गर्छन् । यदि त्यस्तो खतरा कोही कतैबाट भए दुई तिहाई समर्थन प्राप्त सरकार किन कारबाही गदैन त ? बेला बेला ओली प्रचण्डलाई पूर्व राजा ज्ञानेन्द्रको भूत चढ्ने गरेको छ ।
हिजो बयलगाढा चढेर गणतन्त्र आउँदैन भन्ने ओली आज महान गणतन्त्रवादी भएका छन् । त्यस्तै हिजो चाकरसँग हैन सोझै मालिकसँग मात्र वार्ता गर्छु भन्ने प्रचण्ड पनि आज सच्चा लोकन्त्रवादी बनेका छन् । ओली–प्रचण्ड आफैं लोकतान्त्रिक गणतन्त्र पक्षधर होइनन् । यिनीहरु त जनताले बलिदान दिएर प्राप्त लोकतन्त्रको दोहन गर्ने पात्र मात्र हुन् । एकपटक जनता झुक्किए, त्यसको मतलव सधैं यिनीहरुकै अनकण्टक शासन रहन्छ भन्ने होइन । त्यसैले आउने निर्वाचनमा जनताबाट धोवी चुटाई पाइने त्रासले अहिलेदेखि नै यस्तो रोइलो सुरु भएको छ ।
ओली–प्रचण्डको कार्यशैलीको विरोध गर्नु भनेको राजावादी भएको झ्याली पिट्ने काम भइरहेको छ । यो प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्रप्रतिको आकर्षण खस्कने निश्चित छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार