सुन प्रकरणः अनुसन्धान टोलीको म्याद थपिएसँगै लिष्टमा को को परे ?

काठमाडौँ ।देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएसँगै समिति पुनः सक्रिय भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेपछि सुन तस्करीमा संलग्न थप व्यक्तिहरुको समितिले लिष्ट तयार पारेको छ। लिष्टमा सुन व्यापारीदेखि केही कर्मचारीसमेत रहेका छन्। एक सदस्यले भने, अनुसन्धानमा थप केही व्यक्तिहरुको संलग्नता देखिएकाले उनीहरुको अनुसन्धान गरिरहेका छौं । थप पढ्नुहोस्

ब्रेकफेल हुदा भेडेटारमा यात्रुबस दुर्घटना, ३४ जना घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करीब १५० मिटर खोलामा खसेपछि बसमा रहेका सबै यात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य सिवाकोटीले बताए । थप पढ्नुहोस्

प्रहरीको दरबन्दी थप भएसँगै बढुवाको लागि चर्को प्रतिष्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा दरबन्दी थप भएसँगै बढुवाको लागि चर्को प्रतिष्पर्धा हुने भएको छ । प्रहरीलाई संघीय संरचनामा लैजाने प्रारम्भिक चरणअनुसार थप जनशक्ति आवश्यक भएको भन्दै गत जेठ २८ गतेको मन्त्रिपरिषद्को बैठकले एक प्राविधिक एसएसपीसहित ३ हजार १ सय १ दरबन्दी थप्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार एक प्रहरी वरिष्ठ उपरीक्षक 'एसएसपी' प्राविधिकतर्फ र बाँकी ३ हजार दरबन्दी प्रशासनतर्फ कायम गरिएको छ । थप पढ्नुहोस्

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

चितवन । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए । शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भई अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् । थप पढ्नुहोस्

स्कुटरलाई ठक्कर दिने टिपर चालक पूर्पक्षका लागि जेल चलान

भक्तपुर । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । थप पढ्नुहोस्

स्विमिङ पुल डान्स पार्टीमा लडेर पत्रकार राजवंशीको निधन

नेपालगञ्ज । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ बताइएको छ । थप पढ्नुहोस्

तस्करी खोल्न डिआईजीका बडीगार्ड नै सक्रिय !

सप्तरी । देशमा यतिबेला कम्युनिष्ठहरुको दुईतिहाइबाला बलियो सरकार छ । त्यो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी र तस्करलाई कडा कार्बाही गर्ने गर्जन गरेर थाकेका छैनन् । गृहमन्त्री रामबहादुर थापा बादल तस्कर, अपराधी र भ्रष्टचारीलाई जेलमा पुर्याउने अभियानमा छन् । सोही अभियान अन्र्तगत गृहमन्त्री थापाले सुन तस्करीदेखिे ठगी र कामचोर प्रवृत्तिका ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउदै छन् ।उता सोही मन्त्रालय मातहतको नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनालभ्रष्टाचारविरुद्ध शुन्य शहनसिलताको भाषण गरेर थाकेका छैनन् । थप पढ्नुहोस्

अवैधरुपमा मालसामान भित्रिन नदिन नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो । पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ । थप पढ्नुहोस्

धनगढीमाईबाट भरुवा बन्दुकसहित एक पक्राउ

लहान । हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 49