टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा उक्त संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ । थप पढ्नुहोस्

सामाजिक सञ्जालमा ३ मन्त्री हटाउने समाचार भाईरल !

काठमाडौँ ।अहिले मुलुकका लागि सबैभन्दा जटिल समस्या र महारोगको रूपमा भ्रष्टाचार देखिएको छ । मुलुकमा कति भ्रष्टाचार भएको छ भन्ने कुराको यकिन विवरण कसैले पनि सार्वजनिक गर्न सकेको छैन। तर, हरेक दिन सबै क्षेत्र, सबै तप्का, सबै निकायमा भ्रष्टाचारले गाँजेको छ । भ्रष्टाचार नभएको कुनै पनि क्षेत्र भेटिँदैन । थप पढ्नुहोस्

एप्पलको २०१८ मा तिनवटा आइफोन सार्वजनिक हुदै

काठमाडौँ । एप्पलले यो वर्ष सन् २०१८ मा सार्वजनिक गर्ने आइफोनका लागि तयारी संगसंगै नया चार्जर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । एजेन्सिका अनुसार एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउने छ जसले आइफोनलाई तिव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्ने मिल्ने भएको छ । यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ । चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८–वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ । थप पढ्नुहोस्

फेसबूकका ५८ करोड फेक अकाउन्ट बन्द

काठमाडौं । संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबूकले सन् २०१८ को पहिलो तीन महिनामा लगभग ५८ करोड ३० लाख फेक अकाउन्ट बन्द गरिदिएको छ । कम्पनीका अनुसार, उसले यो कदम कम्युनिटी स्ट्यान्डर्ड कायम राख्नका लागि अनि समाजमा हिंसा, यौन वा आतंकवादी प्रोपागान्डा र हेट स्पीचलाई नियन्त्रण गर्नका लागि उठाएको हो । क्याम्ब्रिज एनालाइटिका डाटा लीक भएपछि विवादमा आएको फेसबूक हरेक दिन खुल्ने लाखौं फेक अकाउन्टमा रोक लगाउने प्रयास गरिरहेको छ । तर यति ठूलो कदम उठाएपनि सबै सक्रिय अकाउन्टमध्ये ४ प्रतिशत जति प्रोफाइल फेक भएको बताएको छ । थप पढ्नुहोस्

नेपालमै पहिलो पटक गोकर्णेश्वरमा ड्रोनबाट नक्साङ्कन सुरु

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले शहरी योजनाहरु अघि बढाउन ड्रोनबाट उच्च गुणस्तरीय हवाइ फोटोहरु लिने भएको छ । नेपालमै पहिलो पटक नगरपालिकाको नक्सांकनका लागि ड्रोनको प्रयोग गोकर्णेश्वरमा गरिएको हो । उक्त परियोजनाको उद्घाटन नगरप्रमुख सन्तोष चालिसेले ड्रोन उडाएर गरे । गोकर्णेश्वर नगरपालिका र स्ट्रक्चर डिजाइन एण्ड सर्भिसेज, ड्रोनेपाल र नक्सा प्रालिको संयुक्त सहकार्यमा नगरपालिकाको नक्सांकन गर्न लागिएको हो । कोइका र कोरियाको एन्जल्सविङ नामक कम्पनीको सहयोग प्राप्त ड्रोन नेपाल पहिलो ड्रोन सेवा प्रदान गर्ने कम्पनी हो । थप पढ्नुहोस्

चालु आव नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४।७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनील हालै सार्वजनिक गरेकोे गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले रु ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार आम्दानी गरेको छ । थप पढ्नुहोस्

टेलिकमका ग्राहक करीब २ करोड

२३ वैशाख, काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी ग्राहक संख्या पुगेको हो । कम्पनीका अनुसार फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७२२ पुगेको छ । थप पढ्नुहोस्

गाउँ–गाउँमा पुग्दै छ कम्प्युटरको पहुँच

१८ वैशाख, काठमाडौं । बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ भन्ने मूलनारासहित चैत २० गतेदेखि कक्षा सञ्चालनमा रहेको वातावरण संरक्षण तथा सामाजिक विकास संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । थप पढ्नुहोस्

कम्प्युटर सिक्दै जनप्रतिनिधि

७ वैशाख, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । थप पढ्नुहोस्

अश्लील सामग्री भाइरल बनाउँदै सामाजिक सञ्जाल

४ वैशाख, काठमाडौं । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर यस बारेमा अनुसन्धान गरेको अधिकारीहरूले जानकारी दिएका छन् । अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क विच्याटको १२६ ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ । थप पढ्नुहोस्
1 2 3 5