नीति तथा कार्यक्रम : सरकारको पञ्चवर्षीय प्राथमिकतामा

काठमाडौँ । आर्थिक वर्ष २०७५र७६ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सरकारको पाँच वर्षे प्राथमिकता र कार्यक्रमको छनक दिएको छ । नीति तथा कार्यक्रम आगामी वर्षका लागि भएपनि यसमा पाँच वर्षभित्र सरकारले हासिल गर्ने धेरै लक्ष्यहरु समावेश भएका छन् । पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर पार्ने, पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने, काठमाडौं–निजगढ फास्टट्रयाकको निर्माण सम्पन्न गर्ने, कृषि उत्पादन दोब्बर पार्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ । थप पढ्नुहोस्

प्रदेशसभा सदस्य डा.अन्जु कुमारीद्वारा व्हिलचेयर सहयोग

वीरगंज । राष्ट्रिय जनता पार्टी (राजपा)को प्रदेशसभा सदस्य डा.अन्जु कुमारी यादवले व्हिलचेयर सहयोग गरेकी छिन् । पोखरिया नगरपालिका वडा नं- २ डमरापुर घर भएका अपाङ्ग भिखारी शाह तेलिलाई डा.यादवले एक थान व्हिलचेयर सहयोग गरेकी छिन् । विगत दुई वर्ष देखि असक्त जीवन विताई रहेका शाहको घर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै डा.अन्जु कुमारी यादवले एक कार्यक्रम विच व्हिलचेयर हस्तान्तरण गरेकी हुन्। दुई वर्ष पहिला डकर्मीको काम गर्दा एक दुर्घटनामा अपाङ्ग भएका शाहलाई निरन्तर सहयोग गर्ने डा. यादवले प्रतिबद्धता व्यक्त गरेकी छन् । थप पढ्नुहोस्

चट्याङ लागेर १२ को मृत्यु, दर्जनौँ व्यक्ति घाइते

रुवाण्डा । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको छ । दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन् । आइतबार बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको बताइएको छ । उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो । थप पढ्नुहोस्

काठमाडौं उपत्यकामा भन्दा लुम्बिनीमा बढी प्रदूषण

ललितपुर । काठमाडौं उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो । उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठले बताइन्। विभागले काठमाडौं उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन्। गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । थप पढ्नुहोस्

LIVE : दशकभित्रै समृद्धि र सम्मानित अवस्थामा देशलाई पुर्‍याउने

काठमाडौँ । सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई पुर्‍याउने प्रतिबद्धता जाहेर गरेको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्षभित्रै अन्तर्राष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो। सरकारले बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने उल्लेख गरेको हो। सरकारले कुनै बहानामा सरकारी काममाजोरजुलुम र अराजकता स्विकार नहुने बताएको छ । थप पढ्नुहोस्

त्रिभुवन विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको हो । दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल सोमबारबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ । अब विगतको जस्ता समस्या रहँदैन । थप पढ्नुहोस्

‘प्रधानमन्त्रीका कारण आदिवासी रंगशाला निर्माण अलपत्र’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणधिन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ । २०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार नेपाल सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा रंगशालाको नाम परिवर्तन गर्ने काम भएपछि निर्माण अलपत्र परेको आदिवासी रंगशाला तथा स्मृति पार्कले आरोप लगाएको छ । थप पढ्नुहोस्

स्पेनको मैड्रिडमा नेपाली दुताबासको सेवा,नेपालीबासीलाई सहज

कृष्ण पौडेल पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ । पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् । थप पढ्नुहोस्

चुनाव प्रचारमा घुसपैठ भएको भन्दै अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन् । उहाँले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताए । अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै दिएको थियो । थप पढ्नुहोस्

देशमा व्यापक भ्रष्टाचारविरुद्ध आन्दोलन : अध्यक्ष यादव

काठमाडौँ । नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी काँग्रेसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा ग¥यो । पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताए । सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उनले दाबी गरे । पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाउनुभयो । थप पढ्नुहोस्
1 2 3 155