पीडितलाई झन् पिडा दिदैं निकुञ्ज व्यवस्थापन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १९:३७:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/deepak_GSqNrWimid.jpg)
कुसुम विश्वकर्मा
२९ असोज, काठमाडौं । दि….दि..आ…उ…नु……..भ..यो ..उनको हेराइले यहि संकेत गरिरहेको थियो सोमबार टिचिङ अस्पतालको बेड नम्बर १००९ मा म पुग्दा ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा ६ तुलसीपुरका २३ बर्षिय दिपक नेपाली गाँउमा जङगली हात्ती धपाउन गएका बेला हात्तीको आक्रमण परेर घाइते भइ अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार गराईरहेका छन् । गएको शुक्रबार राती गाउँमा हात्ती धपाउन जाँदा उनी आक्रमणमा परेर गम्भिर घाइते भएका थिए । उनीसंगै रहेका उनका साथी टिकाराम खनाल भने दौडिएर भाग्दा बाच्न सफल भएका छन् ।
बर्षेनी जङगली हात्तीले गाउँ नछाड्दा बर्दिया लगायत तराइका अधिकाँश क्षेत्रमा स्थानियबासिन्दा त्रासमा बाँचिरहेका छन् । बिहानपख हात्ती जङगल पस्ने र रातको समयमा बस्तीमा आइ घर भत्काउनुका साथै अन्नबाली खाएर आतङकित पार्दै आउने गरेको विगत देखि नै हो ।
घरको आर्थिक अवस्था कमजोर भएका नेपाली विगत केही बर्षदेखि रोजगारीका लागी भारत जाने गर्थे । करिब ८ जनाको परिवार त्यहि रोजगारीको भरमा चलेको थियो । जव दिपक जङगली हात्तीको आक्रमणमा परे तव उनको परिवार आँशुको दलदलमा परेको छ । श्रीमतिसंगै रोजगारीका लागी भारत गएका उनी तेस्रो मुलुक जाने तयारी गर्न आफ्नो परिवारलाई उतै छोडर नेपाल आफ्नो गाउँ आएका थिए । तर उनले सोचेको र आटेको भन्दा ठिक उल्टो भाको छ । उनको जीवनमा ।
सानैदेखि सरल सहज स्वभावका दिपक गाउँमा सबैका निकै मिलनसार हुन् । गाउँमा जे परे पनि आफ्नाे जस्तै सम्झिने उनी त्यस दिन आफन्त बितेको ठाउँमा कुरेर घर फर्किने क्रममा हात्ती आएपछि धपाउन घर नआइ गएका थिए । तर अफसोच उनी हात्तीको आक्रमणमा परे ।
कल्पना भन्दा बाहिरको कुरा भयो उनैसंगै गएका साथी टिकारामले भने, हामी संगै थियो । अरु पनि धेरै जना थिए । धपाउदै गर्दा हात्ती रिसाएर फर्कियो अनि सबै जनाको भागभाग भयो । सोचे साथी नि संगै होला तर फर्किएर हेर्छु भनेर हेरेको साथी त रगतले छताछुल्ल भएर लडिरहेको थियो । हात्ती पनि संगै थियो । म हतपत्त गाउँका मान्छेलाई बोलाउन गए । मेरो कुनै शब्द आएन् दिदि उनी नेपालबहस डटकमसंगको कुराकानी भने ।
यसरी घटना भएलगतै दिपकलाई एम्बुलेन्समा राखेर छिमेकी जिल्ला बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो । उनको कम्मरदेखि माथि चोट लागेको छ । दाँया हात र बाँया छातीदेखि भित्र गहिरो चोट लागेको छ । शनिबार राती काठमाडौंमा रहेको टिचिङ अस्पतालमा आएका उनको अहिले सम्म अप्ररेशन भाको छैन । आर्थीक अवस्था कमजोर रहेका दिपकका बुवा राजन नेपाली छोरालाई दाईको छोरा रुपेश नेपाली र केही आफन्तको जिम्मा लगाएर पैसाकाे जाेहाे गर्न गाउ गएका छन् ।
घाइतेका बुवा राजनले हामीसंग कुरा गर्दै भने, अवस्था कमजोर छ । घरपरिवार पाल्न म गाउमै कपडा सिलाउने गर्थे अहिले गाउमा नि खासै कमाइ छैन । निकुञ्ज नजिकै खोलाको आडको ऐलानी जग्गामा सानो घर हालेर जिवनको गुर्जारा गदै आएको उनको परिवार अहिले चिन्तामा परेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वन संरक्षण : अधिकृत अशोक भण्डारी
बर्दियाबाट घाइते नेपाली काठमाडौंको टिचिङमा ल्याएपछि सम्पर्क गरेर कुरा गरेका थियौ । हात्तीले घाइते बनाएपछि उपचार प्रकृया के छ भनेर सोध्दा । उनले भने अहिले तत्कालका लागी शिवपुर एकिकृत उपभोक्ता समितिबाट ५० हजार उपलब्ध गराइएको छ । अरु औषधीको बिलहरु सबै पेस गरेपछि मात्र सरकारले दिने हो भनेर भने ।
यता घाइते भएको बिरामी मर्न न बाच्नु अवस्थामा छ । नेपालीको परिवारलाई अहिले तत्काल आर्थिकको खाचो छ । तर निकुञ्जको यो जवाफ आएपछि अब घाइतेको अवस्था कस्तो होला । के निकुञ्ज यस विषयमा गम्भिर हुनु पर्दैन ? यो सबैको प्रश्न हो ।
भण्डारी कुराकानीकै क्रममा भन्छन्, स्थानीयवासीको जनधनको सुरक्षा गर्न विकल्प स्वरुप निकु१ज किनारमा हात्ती धपाउन विद्युत प्रवाह भैइरहेको छ ।
तर त्यस दिन समुह नआइ एक्लै आएको हात्तीले आक्रमण स्थानिय दिपक नेपाली घाइते भएका हुन् । सरकारले अहिले मृत्यु भएमा १० लाख तथा घाइते भए उपचार खर्च २ लाख दिने गरेको छ । तत्काल राहत निकुञ्जले नदिदा पिडित पक्षले निकुञ्ज मुख दर्शक भएको बताएका छन् ।
वन्यजन्तु संरक्षण अभियानमा निकुञ्ज आसपासमा पर्ने मध्यवर्ती क्षेत्रका समुदाय जुटेपनि पछिल्लो समय जङगली हात्तीको आतँक न्यूनिकरण गर्न नसक्नु र जनधनको क्षति भएमा उचित राहत नहुनुले वन्यजन्तु र मानवबिचको द्धन्छ बढ्दै गइरहेको छ ।
केही बर्ष अघि जङगली हात्ती धपाउने क्रममा साविकको शिवपुर गाविस वडा न १ मोतीपुर एक जनाको ज्यान गएको थियो । यस्तै ३ बर्ष अघि नै जङगली हात्ती धपाउन स्थानियले खेतमा लगाएको विद्युतीय पासोमा परेर साविकको नेउलापुरको डुम्रेनी र ठाकुरद्धाराको मढेलामा २ जना मृत्यु भएको थियो । त्यस यता जङगली हात्तीको आक्रमणबाट घाइते भएको यो पहिलो घटना हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज
शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो ।
यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं.२०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सुर्खेत तर्फ विस्तार गरिएको छ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।
याे पनि:
बर्दियामा जङगली हात्तीको आक्रमणबाट एक जना घाइते, स्थानियवासी त्रसित !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
असार ३, २०८१ सोमबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार