एनआरएनएमा जित्न शक्ति र पैसाको खोलो
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १८:३१:५१
१ कार्तिक,काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको भर्खरै सम्पन्न निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कुमार पन्तलाई जिताउन गरेको गतिविधिले यो संस्थाको भविष्य नै अनिश्चित बनाईदिएको छ ।
गैरआवासीय नेपाली भनेका नेपालको साझा सम्पति हुन्, तर यहाँ पनि राजनीति छिराएर नेकपाले हरेक क्षेत्र कब्जा गर्ने नीतिलाई अघि बढाएको स्पष्ट भएको छ । नेकपा निकट नेताले यो जितलाई पार्टी प्रतिष्ठासँग जोडेर ठूलै विजय प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । उता, नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीको सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत फर्जी मत हालेर विजय प्राप्त गरेको जनाएको छ ।
पाँच दिनदेखि राजधानीको बौद्धस्थित हायत रिजेन्सी होटलमा जारी सम्मेलनमा दुबै पक्षले स्ववियु निर्वाचन शैलीमा प्रचार र तोडफोड गरेपछि आलोचित भएका थिए । एनआएनएको निर्वाचनलाई सत्तारुढ नेकपाले निकै ठूलो प्रतिष्ठाको विषय बनाएको थियो – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने – त्यसैले निर्वाचन जित्न नेकपाले जस्तोसुकै हतकण्डा अपनाउन पछि परेन । निर्वाचन परिणाम अनुकुल बनाउन सत्ताधारी नेकपाका शीर्ष नेताहरु नै खुलेर चुनाव प्रचारमा देखिएको दावी उनले गरे ।
कहिले ईलेक्ट्रोनिक मतदानमाथि अविश्वास गरि मतपत्रद्धारा भोट हाल्ने,होहल्ला गराएर मतदान सार्ने देखि मतदाता सुचीमा भएपनि सम्बन्धित देशको भिसासहितको पार्सपोर्ट वा सम्बन्धित देशको नागरिकता मतदानका बेला देखाउनु पर्ने सहमति भएपनि पालना नर्गनु,मतदानका बेला कुल आर्चाय समुहका प्रतिनिधिलाई मतदान स्थलमा प्रवेशमै रोक लगाउने जस्ता हर्कत भएका थिए ।
साथै , यो निर्वाचन जित्न नेकपाले ठूलै धनराशी र शक्तिको दुरुपयोग गरेको छ । बाम समर्थित उमेदवारलाई जिताउन नेता वामदेव गौतमले ठूलै कसरत गरेको दावी उनको छ । एनआरएनएका चारजना पूर्व अध्यक्षलाई बाम उम्मेदवार जिताउन नेता गौतमले पटक पटक आफ्नो घरमा डिनरको आयोजना गरेका थिए ।
निवर्तमान अध्यक्ष भवन भट्टले करिब चार सय जना फर्जी मतदातालाई भोट हाल्न दिएकाले प्रजातान्त्रिक समूहको समर्थन रहेका कुल आचार्यले पराजय भोग्नु परेको बताइएको छ । कहिले ईलेक्ट्रोनिक मतदानमाथि अविश्वास गरि मतपत्रद्धारा भोट हाल्ने,होहल्ला गराएर मतदान सार्ने देखि मतदाता सुचीमा भएपनि सम्बन्धित देशको भिसासहितको पार्सपोर्ट वा सम्बन्धित देशको नागरिकता मतदानका बेला देखाउनु पर्ने सहमति भएपनि पालना नर्गनु,मतदानका बेला कुल आर्चाय समुहका प्रतिनिधिलाई मतदान स्थलमा प्रवेशमै रोक लगाउने जस्ता हर्कत भएका थिए ।
हिजो साँझ एनआरएनका पूर्व अध्यक्षहरु शेष घले, जीवा लामिछाने , देवमान हिराचन र भट्टबीच कुमार पन्तलाई जिताउने सहमति भएको थियो । सोही अनुसार मतदातालाई प्रभावित गरिएको बताइएको छ । यद्यपि यी चारै जना विगतमा प्रजातान्त्रिक विचारधारामा विश्वास गर्ने नेताका रुपमा परिचित थिए ।
विमानस्थलमा कर्मचारीमाथि भएको दुव्र्यबहार होस् या सम्मेलनका बेला देखाएको भद्दा प्रचार वा तोडफोडले यो संस्थाको गरिमा नै स्खलित बनाई दिएको छ । साथै , एनआरएनए जस्तो पवित्र संस्थालाई नेकपाले भातृ संगठनका रुपमा उपयोग गर्न खोजेकाले यसको भविष्य नै संकटमा पर्ने जानकारहरु बताउन थालेका छन् ।
केपी ओली नेतृत्वमा सरकार गठन भएयता भएका कुनैपनि पेशागत संगठनका निर्वाचनमा सफलता प्राप्त भएको थिएन ।
त्यसैले यो परिणामलाई नेकपाले महत्वपूर्ण उपलव्धिका रुपमा लिएको छ । नेकपाका एकजना केन्द्रीय सदस्यले भने – यो परिणामले ओलीको नाक घिरौंला झै फुलेको हुनुपर्छ । जनताको तहमा सबैतिरबाट दुत्कार पाएको वर्तमान सरकारले एनआरएनएको निर्वाचनलाई वैतरणी तर्ने त्यान्द्रो बनाउने संभावना रहेको उनले औंल्याएका छन् ।
निर्वाचन परिणाम जे जस्तो आएपनि यस पटकदेखि एनआरएनएको गरिमा र अलग पहिचान भने धुमिल भएको छ । सम्मेलनमा भाग लिन आउने प्रतिनिधिको आगमनदेखि नै धेरै विवादित गतिविधि भएका थिए । विमानस्थलमा कर्मचारीमाथि भएको दुव्र्यबहार होस् या सम्मेलनका बेला देखाएको भद्दा प्रचार वा तोडफोडले यो संस्थाको गरिमा नै स्खलित बनाई दिएको छ । साथै , एनआरएनए जस्तो पवित्र संस्थालाई नेकपाले भातृ संगठनका रुपमा उपयोग गर्न खोजेकाले यसको भविष्य नै संकटमा पर्ने जानकारहरु बताउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार