नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक : राजदूत पिटर वड
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बुधबार १६:१३:३८
४ मंसिर काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वड ( Peter Graeme Budd ) ले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताएका छन् ।
राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए । यसको लागि व्यवशायीक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए ।
उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अनय मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवशाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।
सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए ।
उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार – मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।
नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार