प्रदेशसभा बैठकः असिनापानीबाट भएको क्षतिकोे क्षतिपूर्ति माग
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार १:१५:५२
४ चैत, काठमाडौं । प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा सदस्यहरुले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले असिना पानीबाट किसानलाई भएको नोक्सानीको क्षतिपूर्तिको मागसमेत गरेका छन् ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कोरोना भाइरससँगै डेङ्गुको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गर्दै लुम्बिनीलाई शान्ति शहर बनाउने योजना कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले कैदीको व्यवस्थापन गर्ने ‘मोडेल कारागार’ को अवधारणा किन कार्यान्वयन हुन सकेन ? भनी सरकारसँग प्रश्न गरे ।
प्रदेशसभा सदस्य डिल्ली चौधरीले कोरोना भाइरसको तयारीका विषयमा सरकारको तयारीबारे सदनलाई जानकारी माग गर्दै प्रदेशसभाले निर्माण गरेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।
सदस्य रामजी घिमिरेले अर्घाखाँचीको शीतगङगा र भूमिकास्थान गाउँपालिकामा असिना पानीका कारण दुई जनाको मृत्यु भएको र त्यस क्षेत्रका किसानको सम्पूर्ण बालीनाली नष्ट भएकाले स्थलगत अध्ययन गरी तत्काल राहत वितरण गर्नुपर्ने माग गरे ।
अर्का सदस्य धनकली चौधरीले दाङ क्षेत्र नं १ मा असीना पानीले क्षति पु¥याएकाले किसानलाई क्षतिपूर्तिको माग गरे । सदस्य विजयबहादुर यादवले मधेसी समुदायभित्रका सूचीकृत जातिलाई सुविधाबाट वञ्चित गरेको आरोप लगाए ।
सदस्यहरु वीरबहादुर राना, फकरुद्दिन खान, कुलप्रसाद पोखरेल, रुपा विक र धर्म बहादुरलाल श्रीवास्तवले प्रदेशको समसमायिक विषयवस्तुबारे सरकारको ध्यानाकर्षण गराए ।
सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले योजना निर्माण गरेको उल्लेख गर्दै प्रदेशको १५ वटा नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै हालसम्म १५ हजार ७३५ को ‘स्क्रीनिङ’ गरिएको जानकारी दिए ।
उनले प्रदेशका १५ अस्पतालमा आइसोलेसन वेड स्थापना भएको उल्लेख गर्दै ८३ वेड तयारी अवस्थामा राखिएको छ भने । “हामी सङ्घीय सरकारको योजनामा आइसोलेसन अस्पताल बनाउने तयारीमा छौँ” उनले भने ।
त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक निर्माण मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
कृषि मेलाबाट हजारौं किसान लाभान्वित
असार १, २०८१ शनिबार
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार