कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १८:७:०
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-2_UUy8GkmLwo.jpg)
१२ जेठ, सुर्खेत । एक साताअघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दैलेखका आठ र सुर्खेतका तीन गरी ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अघिल्लो सोमबार पश्चिम दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि हुने सबै दैलेखका हुन् ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा अन्तिम परीक्षण गरिएका दैलेखको नारायण नगरपालिकाका १५ का १८ वर्षीय किशोर, डुङ्गेश्वर गाउँपालिकाका १९ का २७ वर्षीय पुरुष र २५ वर्षीया महिला तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको अन्तिम परीक्षणमा गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि शनिबार सुर्खेतको बराहताल गाउँपालिकाका दुई तथा चौकुने गाउँपालिकाका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमितमध्ये चारजना प्रदेश अस्पताल सुर्खेतमा र बाँकीको दैलेख अस्पतालअन्तर्गत सरस्वती माविमा सञ्चालित आइसोलेशन कक्षमा उपचार भइरहेको छ । भारत सरकारले रेल सेवा सञ्चालनमा ल्याएसँगै दैनिक सयौँको सङ्ख्यामा कर्णालीवासी घर फर्किरहेका छन् । जसले गर्दा उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रिने खतरा बढेको छ । कर्णालीमा पहिचान भएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
असार ३, २०८१ सोमबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार