बाग्मती प्रदेशमा ढँटुवा अर्थमन्त्री, सभामुखले विश्वास गुमाए, बजेट पास हुन दिन्नौं : नेता बानियाँ
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार १:१:२३
३ असार, हेटौंडा । बाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको आरोप लगाएका छन् ।
संचारकर्मीहरुसँगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् । बुधबारको संसद बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक २०७७ प्रस्तुत गरेपनि सांसदहरुको हातमा नपरेको भन्दै उनले मन्त्री ढुंगेलले झुठो बोलेर संसदको गरिमा घटाएको बताए ।
संसदमा टेबुल भएको विधेयक सांसदहरुको हातमा नपर्दा सांसदहरु आक्रोशित र निराश भएको भन्दै उनले यस्तो प्रवृत्तिले बजेट पारित हुन नसक्ने चेतावनी दिए । ‘विनियोजन विधेयकमा मन्त्रालयगत रुपमा योजनाहरुको बाँडफाड रहेको हुन्छ, त्यो पुस्तक सांसदहरुले पाएनन् ।’–उनले प्रश्न गरे–‘किताव छापिएको छ भनेर सम्मानित संसदलाई ढाँट्ने आर्थिक मामिला मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने ?’ उनले नेपाली कांग्रेस मात्रै नभई सत्तापक्षकै सांसदहरु समेत आक्रोशित भएको बताए ।
नेता बानियाँले सभामुख सानुकुमार श्रेष्ठले समेत विश्वास गुमाएको प्रतिक्रिया दिएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताव भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आईसकेको जानकारी दिएपनि टेबलु भएपछि सांसदहरुले प्राप्त गर्न नसकेको बानियाँको भनाई छ । यसले सभामुखप्रतिको विश्वास समेत गुमेको उनको भनाई छ । ‘सभामुख पनि सरकारसंगै मिल्नु भयो भन्ने सांसदहरुको गुनासो छ ।’–उनले भने–‘आजको व्यवहारले झन यसलाई पुष्टि गरेको छ ।’
अधिकांश सांसदले सरकार र सभामुखको मिलेमतोमा ‘रातो किताव’ लुकाईएको आरोप लगाएका छन् । पुस्तक अध्ययन विना संसद बैठक अघि बढ्न नसक्ने भएपछि सभामुख श्रेष्ठले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । संसद सचिवालय स्रोतका अनुसार किताव २ दिनपछि मात्रै आउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार