तालिमप्राप्त जनशक्तिसहित विपद् व्यवस्थापनको तयारी पूरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १७:१०:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/bhaktapur-1_cF48RS0vsA.jpg)
१८ असार भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा नियकाले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस संक्रमण रोक्न, क्वारेन्टाइन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पु¥याउने, शङ्कास्पदको पिसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताए ।
प्रजिअ पाण्डेले भने, “निर्माण भइरहेको हनुमन्ते करिडोर अनुगमन गरी खोला थुनिने सम्भावना भएका ठाउँमा खोलाको अवरोध हटाका छौँ, डुबान हुने क्षेत्रको पहिचान गरी नदीको पानीमाथि आउन नदिन सुरक्षा उपाय अवलम्बन गरेका छौँ, स्थानीय तहसँगको समन्वय, विपद् कोष स्थापना, विपद्मा खोज तथा उद्धारलगायतको आवश्यक जनशक्ति र सामग्री तयारी अवस्थामा राखेका छौँ ।”
कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन् ।
नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पौडेलले कोभिड नियन्त्रणमा भक्तपुरले खरिपाटी क्वारेन्टाइनको शुरुआतसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताए । उनले भने, “कोभिडसँगै पहिरो र डुबान हुनसक्ने आँकलन गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज तथा उद्धारलगायतका लागि १५ जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेका छौँ, डुबानमा परेकाको उद्धार गर्न तीनवटा बोट, लाइफ ज्याकेट र डोरी प्रशस्त मात्रामा राखेका छौँ, पहिरोको जोखिम परेको ठाउँमा ग्याभिङ पर्खाल, तारजाली र ढुङ्गा तयारी अवस्थामा राखेका छौँ ।”
संयुक्त टोलीले लकडाउनका बेला कोरोना सङ्क्रमण देखिएका धुलिखेल र ललिपुरमा समेत पुगेर मृतकको शव व्यवस्थापन गर्नुका साथै सङ्क्रमित बोक्न एम्बुलेन्स मोडिफाइ, भक्तपुर अस्पतालमै पिसीआर सेवा उपलब्ध गराउन, भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तयार पार्न, कोरोना भाइरससँग जोडिएका विभिन्न कामहरू उदाहरणीयरूपमा गर्दै आएको छ । विसं २०७५ मा हनुमन्ते नदी आसपासमा भएको डुबानले निम्त्याएको क्षतिलाई दोहोरिन नदिन यस वर्ष मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मनसुन पूूर्वतयारी तथा प्रतिकार्य योजना पारित गर्दै संयुक्त सुरक्षा टोलीले विपद् व्यवस्थापनको तयारी गरेका हुन् ।
मनसुनको समयमा विपद्का घटना हुनसक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज, उद्धारकार्यका लागि तयारी अबस्थामा रहेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरु भएलगत्तै केही दिनअघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबानजस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार