राजनीतिक गडबडीको बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो शेयर बजार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १३:५:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/share_market_ft7vnxWmUi.jpg)
१० जेठ, काठमाडौं । साताको अन्तिम दिन गत बिहीबार शेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले शेयर बजार पनि प्रभावित हुन्छ कि भन्ने आम अनुमान र आशंका थियो। कतिपयले अब शेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ।
आइतबार बजार खुल्नासाथ सुरुमा ४५ अंकले ओरालो लागेको शेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो। बजार अवधिभर गजबको उत्साह देखियो। नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनाएको छ। नेप्से सूचक ३२.८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। करिब ११ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको छ। २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको छ। वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ।
राजनीतिक गडबडीले शेयर बजारको बुलिस लय र गतिलाई खासै फरक परेको देखिएन। मौसमजस्तै परिवर्तन भइरहने नेपालको राजनीतिक आकाशलाई अब लगानीकर्ताहरूले पनि बेवास्ता गर्न थालेका छन्। संसद् व्यूँतिए पनि र चुनाव गए पनि खासै फरक नपर्ने आत्मविश्वास लगानीकर्तामा देखिन्छ। बजारमा पर्याप्त पैसा र राष्ट्र बैंकलगायत नियामक संस्थाको सकारात्क दृष्टि कायम रहँदासम्म डराउनुपर्ने अवस्था नरहेको विश्लेषण विज्ञहरूले गरेका छन्। यसअघि पुष ५ गते केपी ओलीले संसद विघटन गरेपछि खुलेको पहिलो दिनको बजार ठूलै पहिरो गए पनि दोस्रो दिनदेखि फेरि उछाल देखिएको थियो। त्यो उछाल निरन्तर कायम रह्याे। अफ सिजन मानिने पुष माघमा पनि शेयर बजारले बुलिस बाटो छोडेन।
नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिसमेत रहेका शेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल लगानीकर्ताहरूको आत्मविश्वास र नियामक निकायहरूको दृढ प्रतिवद्धताका कारण शेयर बजार राजनीतिक उथलपुथलबाट खासै प्रभावित नभएको बताउँछन्। उनी भन्छन्, अहिले बजार घट्नुपर्ने कुनै कारण छैन। त्यसै पनि वैशाखपछिको समय शेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। सबै कम्पनीहरूको कमाइ बाँड्ने बेला आएको छ। अब बजारको बुलिस रनलाई कसैले रोक्न सक्दैन।
लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको शेयर अझै पनि खासै बढेको छैन। बैंकिङलाई समग्र शेयर बजारको फाउन्डेशन मानिन्छ। राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको शेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ। बैंकिङको सेयर राम्ररी नबढ्दासम्म शेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन्। अन्नपूर्ण पोस्टबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार