सन् २०३० सम्ममा नेपालबाट रेबिज उन्मूलन गर्ने लक्ष्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १२, २०७८ मंगलबार २३:१०:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/rabise_hrV40wMNwy.jpg)
१२ असोज, काठमाडौं । सन् २०३० सम्म नेपालबाट रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसहित विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज विश्व रेविज दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले पनि सन् २०३० सम्ममा विश्वबाटै रेबिज उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
हरेक वर्ष २८ सेप्टेम्बरमा मनाइने रेबिज दिवस यसवर्ष ‘रेबिजस् फ्याक्ट्स, नट फियर’ अर्थात ‘रेबिजस् तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइएको छ।
यसरी सर्छ रेबिज
रेबिज संक्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट मानिसमा सर्छ। नेपालमा देखिने रेबिज रोगका केसहरूमध्ये करिब ९० प्रतिशत संक्रमित कुकुर तथा बिरालोको टोकाइबाट सर्ने गरेको छ । यस रोगको उपचार नभएकाले रोकथामका लागि रेबिजविरुद्धको भ्याक्सिन लगाउनु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
रेबिजबाट बर्षेनि सय जनाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक रोसीका श्रेष्ठका अनुसार नेपालमा बर्षेनि सरदर सय जनाको रेबिज संक्रमणबाट मृत्यु हुने गरेको छ। ‘तर गत वर्ष कोरोना महामारीका कारण अस्पतालमा रेबिजका बिरामीहरूको संख्या नै देखिएन’ श्रेष्ठले भनिन्, ‘आब २०७७/७८ मा १८ जनाको मृत्यु भएको तथ्यांक छ।’
नेपालमा अहिले घरपालुवा कुकुरसँगै बेवारिसे कुकुरहरुलाई पनि रेबिजको भ्याक्सिन लगाइने भएकोले रेबिज संक्रमण घटेको श्रेष्ठको भनाइ छ। आब २०७४/७५ मा कुकुरले ३३ हजार दुई सय चार जनालाई कुकुरले टोकेकोमा ३२ जनाको मृत्यु भएको थियो ।
यस्तै,आब २०७५/७६ मा ३२ हजार आठ सय ८२ जनालाई टोकेकोमा १८ जनाको मृत्यु भएको थियो । आब २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको तथ्यांक छ २०७७/०७८ मा दुई लाख ९५ हजार रेविजविरुद्धको खोप लगाएको महाशाखाको तथ्यांङक छ।
यो रोगबाट प्रत्येक ९ मिनेटमा विश्वमा एक जनाको ज्यान जाने गरेको तथ्यांक छ भने प्रत्येक वर्ष ६० हजारको मृत्यु हुने गरेको छ । नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरूबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको महाशाखाको भनाइ छ। काठमाडौंस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप निःशुल्क लगाउन पाइन्छ।
रेबिजबाट कसरी बच्ने ?
घरपालुवा कुकुरलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाउने
कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तिमा १५ मिनेटसम्म राम्रोसँग धुने
तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिजविरुद्धको खोप लगाउने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार