लायन्स क्लबको आयोजनामा श्री कलेज प्राङ्गणमा रक्तदान सम्पन्न
नेपालबहस संवाददाता
असोज १५, २०७८ शनिबार ०:३७:५
१५ असोज, काठमाडौं । तीनवटा लायन्स क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा रगतको अभाव हुन नदिने तथा मानवको जीवन रक्षा गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको श्री कलेज अफ म्यानेजमेन्टका संचालक एवं लायन सुदिप चालिसेले जानकारी दिए ।
चालिसेका अनुसार लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्बल जोन चियर पर्सन गुरु केदार बरालले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरूमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
“रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो”, लायन्स क्लब जोन चियर पर्सन बरालले भने, “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।” उनका अनुसार आज सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रशुतिगृहमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले पुरा गरे शतक विकेट
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार