कुइनेमङ्गलेवासी सञ्चार सुविधाबाट बञ्चित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३, २०७८ मंगलबार १६:१६:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/telecome_nAGKCsxYnf.jpeg)
३ फागुन, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ ।
कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए ।
“डाँडामा पुगेपछि अलि–अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन”, उनले भने, “चिच्याइचिच्याई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट बञ्चित हुनुपर्ने दुःखलाग्दो अवस्था छ ।”
घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताए । महत्वपूर्ण सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् । अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात–हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्वीर, भिडियो खिच्नका लागि मात्र सीमित छ ।
पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ । कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन । विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताए। कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले तीन वर्षअघि रु तीन लाख खर्च गरेर चिमखोलाको डाँडामा गार्डघर बनाइदिएको थियो ।
सञ्चार असुविधाका कारण सेवा प्रवाह र सूचना आदान–प्रदानमा धेरै दुःख भएको छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सूचना प्रवाह गराउन अझै टोल–टोलमा परम्परागत कटुवाल प्रथाको साहरा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।
नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताए । चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पु¥याउन नेपाल विद्युत प्राधिकरणलाई रु १६ लाख बजेट उपलब्ध गराइसकेको उनले बताए ।
“कोरोनाको महामारीका कारण विदेशबाट उपकरण ल्याउन ढिलाइ गरेका ठेकेदारलाई पूर्वाधार बनाउन पठाउँदा स्थानीयवासीले आफैँ काम गर्छौँ भनेर फर्काए तर गरेनन्”, उनले भने, “उपकरण आइसकेको छ । विद्युत् पुग्यो भने टावर सञ्चालन हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार