मोबाइलमा कुरा गर्न कहिलेसम्म अग्लो स्थान धाउने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २३:१७:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/Screenshot_dioLwXstxR.jpg)
११ चैत, डडेल्धुरा । पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ ।
पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान नभएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखिको नेटवर्क समस्या यथावत रहेको पीडा उनीहरुसँग छ । डडेल्धुराको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकाका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको पर्शुराम–२ का स्थानीयवासी राज बोहराले जानकारी दिए ।
स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि अग्लो स्थान र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उनको भनाइ छ ।
सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौं हिंडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि भित्री मधेसका ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावरको पर्खाइमा छन् ।
पर्शुरामका तोली, अन्तोली वसुन, बजाडी, जमरा, गोगन, सुर्खाल, पोख्ना सर्गै आलिताल गाउँपालिकाका दुर्गम बस्तीमा समेत नेटवर्क समस्या रहेको छ । भने जिल्लाका अन्य पालिकाका लेकाली बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत रहेको छ । हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ । नेपाल टेलिभिजनको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुन्छ पर्शुराम कृष्णाका खगेन्द्र कामीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको सङ्ख्या कम हुनु र विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीकोे दाबी छ । महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले कर मात्रै तिर्नुपरेको भित्री मधेश मलास क्षेत्रका युवा प्रमोद बोहराले बताए ।
नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा समस्या भोगिरहेका स्थानीयवासी चूडामणि पनेरुले बताए । दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहुँचमा नपुग्नाले धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उनको भनाइ छ ।
स्थानीय निर्वाचनमा पनि दुर्गम बस्तीमा टावर र वाइफाइको सुविधा पु¥याउने जनप्रतिनिधिलाई सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । हामी सामान्य सूचनाको पहुँचबाट पनि टाढा भएका छौँ । यसपालि स्थानीय तहको निर्वाचनमा सो सुविधा पु¥याउन सक्ने जनप्रतिनिधिलाई छान्ने यहाँको युवाको दाबी छ ।
पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले सबै क्षेत्रका लागि टावरको माग भएको र चाँडै विस्तार गरी सुविधा सम्पन्न नेटवर्कसहित वाइफाइ विस्तार गरिने बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार