गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच चुनावी प्रतिस्पर्धा
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १२:२५:२०
२३ बैशाख, काठमाडौं । यहि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदै गरेकाे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित भएकाे छ।
धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ समाचार उल्लेख छ ।
वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई ‘भुपाल’। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन्।
निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ। कतिपय ठाउँमा झगडा नै पनि पर्छ। यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन्। तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन। दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ। त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं।’
अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए। त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो। उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन। जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो। मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो। गालीगलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न। त्यसैले हामीमा कुनै समस्या छैन।’ नागरिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार