प्रेम के हो ? कसरी अनुभव गर्ने ?
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २२:३७:६
२३ बैशाख,काठमाडाैं । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा व्याख्या गरेर साध्य छैन । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । यसलाई महसुस गर्न सक्छौ । प्रेमको व्यक्ति पिच्छे फरक,फरक धारण र परिभाषा हुुन्छ । यही नै भन्ने तथ्य सहितको परिभाषा भने छनै ।
जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । त्यसको आयु हुदैन । कति खेर कहाँ नेर सकिन्छ पत्तै हुदैन । आकर्षण घटदै गएमा या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, सधैका लागी उत्साह, आनन्द र खुशी भने मिल्दैन ।यो सिमित समय सम्मका लागी मात्र हुन्छ ।
प्रेम त अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई महसुस र बुझ्ने विरलै भेटिन्छन् ।
प्रेमको रुप
प्रम भनेको निश्वर्थ हुन पर्छ । दिने दिने मात्र केही कुराको आशा नगरीएको एउटी आमाले आफ्ने सन्तानलाई गर्न माया जस्तो पवित्र, निश्चल हुन पर्छ । बच्चा जव आफ्नो आमाको गर्भबाट बाहिर आउँछ । उसको लागि प्रेमको अर्थ आमा हुन्छ ।साचो माया गर्न एक प्रेमीको लागि उसको प्रेमिका सबै थोक हुन्छ । उदाहरणको लगि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि ।
प्रेम दुःखदायी या सुख जस्तो नि हुनसक्छ यो तपाईमा तपाईको पाटनरमा निर्भर गर्छ । एउटाले मात्र चाहेर सहयात्रा समधुर हुदैन । तपाईलाई थाहा छ । प्रेम प्राप्त गर्नु मात्र हैन । गमाउनु पनि प्रेम हो । किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केहि नपाइकन केहि गुमाउनुमा केहि कष्ट हुँदैन् भने यसको मतलव तपाईको उ प्रति सच्चा प्रेम हो ।
प्रेम अनमोल हुन्छ । तर, निःशुल्क पाइन्छ । तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ । प्रेम न त बेच्न सकिन्छ न किन्न । कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् । प्रेम एक सर्वशक्तिशाली अनुभुति हो । कतिपयले आफ्नो भावनाको प्रकट गर्नको लागि यसको उपयोग या दुरुपयोग पनि गर्न सक्छन् ।
प्राचिन ग्रिक वासीले प्रेमलाई ७ शब्दमा परिभाषित गरेका छन्
स्टोगे प्राकृतिक स्नेह जुन प्रेम हामी आफ्नो परिवारलाई दिन्छौं ।
इरोज यौन या कामुक इच्छा । यो सकारात्मक या नकारात्मक पनि हुन सक्छ ।
अगप विना शर्तको स्वाभाविक प्रेम
ल्युडस क्रिडात्मक प्रेम, बच्चाको प्रेम, छेडखानी या फ्लर्टिङ
प्राग्मा दिर्घकालीन प्रेम, जुन विवाहित जोडीमा हुन्छ ।
फिलिया मानसिक प्रेम
फिलौटिया स्वयंमा प्रेम
हामी जुन कुरा अनुभव गर्छौ, त्यसलाई हाम्रोे मस्तिष्कको दायाँ भागले नियन्त्रण गर्छ भने हाम्रो भाषालाई मस्तिष्कको बायाँ भाग कन्ट्रोल गर्छ । यदि हामी धेरै पटक र भिन्न परिस्थितिमा भनिरहन्छौं कि म तिमीलाई माया गर्छु । यसले प्रेम कमजोर पारिदिन्छ । जस्तैः हामी दिनभरिमा एउटै कुरा भन्न सक्छौं । आई लभ म्युजिक, आई लभ आइसक्रिम, आई लभ क्रिकेट, आई लभ यु जस्ता शब्द प्रयोग गर्छौ । वास्तकितामा यो प्रेमको भावना शायद नै हुन्छ ।
एक वैज्ञानिकको अनुसार;
प्रेम एक केमेस्ट्री हो । जैविक रुपमा यो एक न्युरोलोजिकल स्थिति हो । जस्तै, भोक या प्यास । तर, यसलाई हामी धेरै समयसम्म अनुभव गर्न सक्छौं । धेरैजसोले भन्ने गर्छन, प्रेम अन्धो हुन्छ । किनभने यसमा हाम्रो कन्ट्रोल हुँदैन् ।
प्रेम अस्थाई यौनइच्छा हो, जसमा केहि रसायन टेस्टोस्टेरोन र ओस्ट्रोजन हुन्छ । सच्चा प्रेममा मस्तिष्कबाट अन्य रसायनको मिश्रण फेरोमोस, डोपामाइन, नोरएपिनफ्राइन, सेरोटोरिन, अक्सीटोसिन, वेसोप्रेसिन निस्कन्छ ।
एक दार्शनिकका अनुसारः
प्रेम एक भावुक प्रतिबद्धता हो । यो कुनै व्यक्ति, समाज, देश या प्रकिृतिसँग हुन सक्छ ।
एक उपन्यासकारका अनुसारः
प्रेमबाट ठुल्ठुला उपन्यास र कथाको जन्म लिन्छ । प्रेम यहि कुरामा निर्भर रहन्छ कि तपाई कोसँग कुन परिस्थितिमा हुनुहुन्छ र कति सुरक्षित हुनुहुन्छ । तपाईलाई त्यति नै जरुरी लाग्छ, जसरी साँस फेर्नको लागि हावाको आवश्यकता हुन्छ । यसलाई गुमाउँदा तपाईलाई शारिरक र मानसिक पिडा हुन्छ ।
एक मनेवैज्ञानिकका अनुसारः
प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । जस्तो मौसम, चन्द्रमा या सौर्यमण्डल । जसमा हाम्रो कन्ट्रोल हुँदैन् । केहि व्यक्तिका अनुसार प्रेम दुई व्यक्तिकोबीच एक असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । र जति गहिरो हुन्छ त्यतिनै प्रेम गहिरो हुन्छ ।
किंग सोलेमनको भनाईः
जुन तरिकाले तपाईले पानीमा आफ्नो प्रतिबिम्व देख्नुहुन्छ । पुरुषको मन पनि त्यस्तै हुन्छ । तपाइलाई कसले प्रेम गर्छ भने तपाईको मनमा उसको प्रेमको महसुस हुने गर्छ ।
प्रेम भनेको दुई आत्माको पवित्र मिलनलाई माया भनिन्छ । स्वार्थपूर्ण गरिएको प्रेम भनेको धोका हो । आज महिलामाथि जतिपनि घटना भएका छन् सवै एकातर्फको प्रेमको कारणले गर्दा भएको देखिन्छ । एउटा पुरूषले गर्ने मायामा कि स्वार्थमा गरेको हुन्छ वा जीवनसाथी पाउनका निमित्त गरेको हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
जेठ ३१, २०८१ बिहिबार
गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?
जेठ २६, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
असार ३, २०८१ सोमबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार