झापामा १३१ वडाध्यक्षलाई कानुनी प्रावधानसम्बन्धी प्रशिक्षण
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:१६:३
३१ भदौ, झापा । निर्वाचित जनप्रतिनिधिलाई कलबलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रले विद्यमान सवबैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञबाट प्रशिक्षण दिँदै आएको छ ।
केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरेको हो । केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ जिल्लाका वडाध्यक्षलाई यसअघि नै उक्त तालिम प्रदान गरिएको बताए । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका एक सय ३१ वडाका वडाध्यक्ष सहभागी भएका छन् ।
उनले वडाध्यक्षको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने काममा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयमा प्रशिक्षण प्रदान गरिने उनको भनाइ थियो।
जिल्ला समन्वय समितिको संयोजनमा आयोजित कार्यक्रममा एक सय ३१ वडाध्यक्षलाई तीनवटा सभाकक्षमा राखेर प्रशिक्षण दिन थालिएको छ । उक्त समितिका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत वृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । आजदेखि सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार