कमोडिटी एक्सेन्जको लागि धितोपत्र बोर्डले पुनः माग्यो आवेदन
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १७:३:४९
२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज २ गते कमोडिटी एक्सेन्जलाई लाइसेन्स दिनको लागि आवेदन खुला गरेको छ । बोर्डले वस्तु विनियम बजारसम्बन्धी नियमावली २०७४ र वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एंव प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम कमोडिटी एक्सेन्जको लागि आवेदन माग गरेको छ ।
बोर्डले सूचना जारी भएको ४५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ । कमोटिडी एक्सेन्जको लागि यसअघि आवेदन दिएका कम्पनीहरुले पनि पुनः वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एंव प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम आवेदन दिनु पर्ने बोर्डले जनाएको छ । तथापि, यी कम्पनीले आवेदन दिंदा भने पुनः दस्तुर लाग्नेछैन ।
२०७४ माघ ९ गतेदेखि धितोपत्र बोर्डले वस्तु विनिमय बजारसम्बन्धी ऐन लागू गरेको छ । यो ऐन लागू भएसँगै बोर्डले कमोडिटी एक्चेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीहरुबाट आवेदन माग गरेको थियो । कमोडिटी एक्सचेन्ज अनुमति लिनका लागि पहिलो पटकको अवेदन रद्द गरेर २०७५ वैशाख ११ मा २ महिनाको समय तोकेर पुनः आवेदन माग भएको थियो । धितोपत्र बोर्डका अनुसार पहिलो पटक ५ कम्पनीबाट आवेदन आएकामा दोस्रो पटक ६ वटा कम्पनीको आवेदन परेको छ । अहिले पुनः बोर्डले निर्देशिका जारी गरेर आवेदन खुला गरेको हो ।
कमोडिटी बजार विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । यसमा वस्तुहरुको करारमा कारोबार हुने गर्छ । क्रेता र बिक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ । यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन् । यो बजारमा वस्तुहरूको माग र आपूर्तिको आधारमा करारको निष्पक्ष मूल्य तय गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार