शल्यक्रियामार्फत छावा निकाल्न सफल चिकित्सक भन्छन्- ‘फिल्म हेरेजस्तो भयो’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १९:३:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/chhawa_AtLBA0Q141.jpg)
२५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीको अपरेसन (शल्यक्रिया) गरेर सुरक्षित रूपमा छावा निकालिएको छ ।
मंगलबार बिहानैबाटै व्यथा लागेको गर्भवती ढोई (पोथी हात्ती) गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि उसको अपरेसनमार्फत छावा निकालिएको हो । हात्तीको स्वास्थ्य जाँच गराउन पशु चिकित्सक तथा प्राविधिकहरू खोरसोर पुगेका थिए ।
निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा बाहिर निस्कनुपर्ने भागभन्दा तल्लो भागतिर पोको परेर बसेको पाइएको थियो । उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरेपनि सामान्यतरवमा सुत्केरी गराउन सकेननन् त्यसपछि माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखिएपछि शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिकेका हु्न् ।
नेपाली चिकित्सक टोलीसँग रहेका विदेशी डाक्टर निक मास्टरसहित निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर र प्राविधिकको सामूहिक प्रयासमा गरिएको शल्यक्रियापश्चाउ मउ र बच्चा (छावा)लाई सुरक्षित रुपमा अलग पार्न सफल भएको हो ।
डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो । उनकाअनुसार नेपालमा यसरी शल्यक्रिया गरेर वन्यजन्तुलाई सुत्केरी गराइएको सम्भवत: यो पहिलोपटक हो ।
करिब दुई घन्टा लगाएर गण्डकीकली (माउ)को पेटमा रहेको भाले छावा निकालेका थिए । सुरूमा छावाले कुनै हलचल नगरेको तर कृत्रिम श्वास दिएपछि ३ मिनेटजतिमा होसमा आएको थियो ।
डाक्टर श्रेष्ठले भने, ‘छावा चल्न थालेपछि हाम्रो खुसीको सीमाना रहेन । हामी अब माउ बच्चा दुवैलाई बचाउन सक्यौं । गण्डकीकलीको गर्भवती अवस्थामा शल्यक्रिया गरेर पेटबाट निकालिएको बच्चाको अवस्था र मउ सुरक्षित गराउन सकेको देख्दा कुनै फिल्म हेरेको जस्तो लागिरहेको छ ।’
श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको उनले बताए । छावालाइ राति स्लाइन चढाइएको थियो भने बिहानदेखि पाउडर दूध खुवाइएको छ । तर आफ्नो शरीर चिरेर निकालिएको बच्चासँग माउ डराइरहेको उनले बताए । माउलाई सञ्चो हुन केही महिना लाग्नसक्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार