कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:४४:५३
२९ फागुन, काठमाडौं । सरकारले कुष्ठरोग उन्मुलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
२५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आईडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरुले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र तप्का संवेदनशील भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
करिब तीन लाख सक्रिय संक्रमित कुष्ठरोगी रहेका र वार्षिक तीज हजार ५०० सम्म कुष्ठरोगी थपिने गरेको कार्यक्रममा जानकारी दिइयो ।सन् २०२३ मै नेपाललाई कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिएको थियो । तर, कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिए पनि अझै वार्षिक ३५ सयसम्म संक्रमित थपिँदा निवारणमा चुनौती थपिएको सरोकारवालाको भनाइ छ ।
देवानी संहिता २०७४मा कुष्ठरोगसम्बन्धी केही कानुनी व्यवस्था संविधानको मर्मविपरीत रहेकोले यसलाई संशोधन गर्नुपर्नेमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले जोड दिए । विवाहपछि कुष्ठरोग लागेमा सम्बन्धविच्छेद गर्न पाउने विद्यमान कानुनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उनले कुष्ठरोगीलाई पारिवारिकमैत्री हुने गरी कानुन बनाउनुपर्ने र यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए ।
ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले पनि कुष्ठरोगीप्रति विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगी स्वास्थ्य समस्यासँगै सामाजिक समस्या पनि रहेकाले कानुन संशोधन गरेर रोगीमैत्री बनाउनुपर्नेमा उनको भनाइ छ ।
आईडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठरोगसम्बन्धी कानुनले विभेद गरेकाले यसलाई सम्बोधन गर्नुको विकल्प नरहेको बताए । विनाभेदभाव समाजमा जीवनयापन गर्नपाउनु पर्नेमा नैसर्गिग अधिकार भए पनि विद्यमान कानुनले विभेद गरेको भन्दै उनले यसलाई हटाएर समानतासहित रोगी सम्मानजनक बाँच्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
एशोसिएसन फर आईडिया नेपालका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ छाला रोगविज्ञ डा। रवीन्द्र बास्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तीमगर, श्रीलंकाका रे, भारतका रामवराही साहसहितलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार