मविरूद्ध परेकाे मुद्दाले पार्टीकाे यात्रालाई केही फरक पर्दैनः लामिछाने
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १९:२७:३५
२१ चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ मा प्रतिनिधिसभा उपनिर्वाचनका उम्मेदवार रबि लामिछानले आफ्ना कारण कोही पनि पीडित नभएको बताएका छन् ।
चुनावी प्रसारप्रसारका क्रममा घरदैलो कार्यक्रममा आयोजित कार्यक्रममा मंगलबार मतदाताहरुलाई सम्बोधन गर्दै उम्मेदवार लामिछानेले आफूबाट कोही पनि पीडित नभएको र यस्तो अस्वस्थामा पनि बद्नाम गराउने र सिध्याउने सुनियोजित तवरले कोही व्यक्तिलाई अगाडि सारेर पटकपटक मुद्दा र उजुरी दर्ता गराउँदै आइरहेको बताए ।
‘मेरो कारण एकजना पनि पीडित बनेको छैन, तैपनि बारम्बार मुद्दा उजुरी र दर्ता गराउँदै हिँडेका छन् । मेरो कारण एक जना मात्र पनि पीडित भएको प्रमाण देखाउनुस् । जवाफ दिन तपाइँहरुसामु उभिएर जवाफ दिन तयार छु’ उनले भने ।
आफ्नो इमान र रास्वपाले हासिल गरिरहेको सफलतामा अत्तालिएकाहरुले पार्टी र पार्टी नेतृत्वप्रति गलत आक्षेप र दुष्प्रचार गरिरहेको उनको भनाइ थियो । दुष्प्रचारकै बीच रमेश खरेल र स्वर्णिम वाग्ले लगायत इमान्दार र प्रखर नेताहरुले रास्वपामा जोडिएर उपनिर्वाचनमा भाग लिइरहेको बताए ।
सभापति लामिछानेले सडक रेलिङ समेत नभाँची ६ महिनाको अवधिमा २० सांसद जितेर नेपाली राजनीतिमा लाग्दै आएको नातावाद र अर्थवादको कलंक पखाल्ने कामको सुरुवात गरेको दाबी गर्दै आगामी ५ वर्षमा बहु्मतको सरकार बनाउने क्षमतामा पुग्ने बताए । उनले वैशाख १० मा हुने ३ वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरे ।
उजुरी र मुद्दाले नेपाली समाजलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने अभियानलाई केही फरक नपर्ने उनको भनाइ थियो । दोहोरो नागरिकताको विषय सर्वोच्चबाट टुंगो लागेपनि दोहोरो राहदानीसम्बन्धी विषयलाई लिएर सोमबार सर्वोच्च अदालतमा मुद्दा र नागरिकताको फैसला भएको अवधिलाई लिएर चितवन २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेविरुद्ध मंगलबार उजुरी दर्ता भएका छन् । उम्मेदवारविरुद्ध उजुरी दिन आजको समय तोकिएको थियो ।
कांग्रेसका वाग्ले रास्वपा प्रवेश गरेर तनहुँ १ र प्रहरीका पूर्व डीआईजी खरेल रास्वपाबाटै सप्तरी २ बाट प्रतिनिधिसभा उपनिर्वाचन लड्दैछन् ।
दोहोरो नागरिकतासम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतले गएको माघ १३ गते लामिछानेको संघीय सांसद पद खारेज गरिदिएपछि निर्वाचन आयोगले आउँदो वैशाख १० मा चितवन २ मा लगायत ३ क्षेत्रमा उपनिर्वाचन गराउँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार